फिफा वर्ष खेलाडी आज घोषणा हुँदै – मेस्सी, रोनाल्डो र भान डाइकमध्ये कसले मार्ला बाजी? | Khabarhub Khabarhub

फिफा वर्ष खेलाडी आज घोषणा हुँदै – मेस्सी, रोनाल्डो र भान डाइकमध्ये कसले मार्ला बाजी?


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने फिफा वर्ष खेलाडीको अवार्ड आज (सोमबार) घोषणा गरिँदैछ । इटालीको मिलानमा आयोजना हुने कार्यक्रममा वर्ष खेलाडी (महिला, पुरुष) र वर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

फिफाको अन्तिम मनोनयनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो  रोनाल्डो र लिभरपुलका स्टार डिफेन्डर भिर्गिल भान डाइक रहेका छन् ।

पछिल्लो एक दशक विश्व फुटबलको केन्द्रमा रहेका मेस्सी र रोनाल्डोको एकात्मकता अघिल्लो वर्ष क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीकले तोडेका थिए । मेस्सी र रोनाल्डोको एकात्मकता तोड्ने पहिलो खेलाडी बनेका मोड्रीक भने यो वर्ष फिफा वर्ष खेलाडीको अन्तिम मनोयनमा छैनन् ।

यो वर्ष मेस्सी र रोनाल्डोलाई भान डाइकले पछि पार्ने चर्चा भइरकेको छ । यसलाई युइएफए वर्ष खेलाडीको अवार्ड हात पारेका डाइकले उनीहरुभन्दा यो वर्ष उत्कृष्ट खेलाडी आफु रहेको प्रमाणीत गरिसकेका छन् ।

डाइकले यसै वर्ष युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेर उक्त अवार्ड हात पारेका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी एको उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : १३ बजे

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि