फिफा वर्ष खेलाडी आज घोषणा हुँदै – मेस्सी, रोनाल्डो र भान डाइकमध्ये कसले मार्ला बाजी? « Khabarhub

फिफा वर्ष खेलाडी आज घोषणा हुँदै – मेस्सी, रोनाल्डो र भान डाइकमध्ये कसले मार्ला बाजी?


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने फिफा वर्ष खेलाडीको अवार्ड आज (सोमबार) घोषणा गरिँदैछ । इटालीको मिलानमा आयोजना हुने कार्यक्रममा वर्ष खेलाडी (महिला, पुरुष) र वर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

फिफाको अन्तिम मनोनयनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो  रोनाल्डो र लिभरपुलका स्टार डिफेन्डर भिर्गिल भान डाइक रहेका छन् ।

पछिल्लो एक दशक विश्व फुटबलको केन्द्रमा रहेका मेस्सी र रोनाल्डोको एकात्मकता अघिल्लो वर्ष क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीकले तोडेका थिए । मेस्सी र रोनाल्डोको एकात्मकता तोड्ने पहिलो खेलाडी बनेका मोड्रीक भने यो वर्ष फिफा वर्ष खेलाडीको अन्तिम मनोयनमा छैनन् ।

यो वर्ष मेस्सी र रोनाल्डोलाई भान डाइकले पछि पार्ने चर्चा भइरकेको छ । यसलाई युइएफए वर्ष खेलाडीको अवार्ड हात पारेका डाइकले उनीहरुभन्दा यो वर्ष उत्कृष्ट खेलाडी आफु रहेको प्रमाणीत गरिसकेका छन् ।

डाइकले यसै वर्ष युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेर उक्त अवार्ड हात पारेका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी एको उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : १३ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित