नाबालिका छोरीसहित बुवाले गरे आत्महत्या | Khabarhub Khabarhub

नाबालिका छोरीसहित बुवाले गरे आत्महत्या


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा एक पुरुषले तीन वर्षीय छोरीसँगै आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर- ५ का रामबहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आत्महत्या गरेका हुन् ।

उनले तीन बर्षीया छोरी अनुष्कालाई पनि सल्पास खुवाएको र उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

६ महिना अघिमात्रै उनकी पत्नीले पनि आत्महत्या गरेकी थिइन् । गत वैशाख १६ गते कलेलकी पत्नी सरिता कलेलले कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए ।

सरिताका माईती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।

छुटेको झण्डै डेढ महिनापछि उनले नाबालिका छोरीसहित विष सेवन गरेर आत्माहत्या गरेका हुन् । विष सेवन गरेका उनीहरुलाई आइतबार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ०० बजे

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम