नाबालिका छोरीसहित बुवाले गरे आत्महत्या « Khabarhub

नाबालिका छोरीसहित बुवाले गरे आत्महत्या


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा एक पुरुषले तीन वर्षीय छोरीसँगै आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर- ५ का रामबहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आत्महत्या गरेका हुन् ।

उनले तीन बर्षीया छोरी अनुष्कालाई पनि सल्पास खुवाएको र उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

६ महिना अघिमात्रै उनकी पत्नीले पनि आत्महत्या गरेकी थिइन् । गत वैशाख १६ गते कलेलकी पत्नी सरिता कलेलले कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए ।

सरिताका माईती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।

छुटेको झण्डै डेढ महिनापछि उनले नाबालिका छोरीसहित विष सेवन गरेर आत्माहत्या गरेका हुन् । विष सेवन गरेका उनीहरुलाई आइतबार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ०० बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष