भोजपुरमा शिक्षक र कर्मचारीलाई ल्यापटप वितरण « Khabarhub

भोजपुरमा शिक्षक र कर्मचारीलाई ल्यापटप वितरण


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट ९ र विद्यालयको आन्तरिक स्रोतबाट चार गरी ६ लाख बराबरको ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक लक्ष्मण जोशीले जानकारी दिए । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमका बीच ल्यापटप हस्तान्तरण गरेका हुन् ।

त्यस्तै विद्यालयमा गठित सगरमाथा टिन्स क्लबको आयोजना तथा वडा नं ५ को आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ । सोमबार नै विद्यालयमा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ४ : २९ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण