सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स शुरु | Khabarhub Khabarhub

सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स शुरु


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स (तालिम) शुरु गरेको छ ।

एनओसीको आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा सोमबारदेखि सोलिडारिटी कोर्स (तालिम) शुरु भएको हो ।

काेर्शमा ७ वटै प्रदेशका ३० जना सुटिङ प्रशिक्षकहरु सहभागी छन् । निर्देशकहरु नर्वेका लिफ रोलान्ड र हंगेरीका सोनाल रामेन्द्रले ४ दिनसम्म चल्ने कोर्समा नेपाली प्रशिक्षकहरुलाई राइफल र पेस्तोलका प्राविधिक पक्षहरु सिकाउनेछन् ।

कोर्समा सुटिङका प्राविधिक पक्षवारे जानकारी गराइनुका साथै नेपाली प्रशिक्षकहरुलाई खेलमा परिवर्तन भएका नीति तथा नियमहरु पनि सिकाइने जनाइएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबीच कोर्सको उद्घाटन गरे । उद्घाटनको अवसरमा एनओसी अध्यक्ष श्रेष्ठले कोर्सबाट खेलको नवीनतम प्रविधि तथा नियमवारे प्रशिक्षकहरु अद्यावधिक हुने विश्‍वास व्यक्त गरे।

उदघाटनको अवसरमा नेपाल सुटिङ संघका अध्यक्ष पुश्पदास श्रेष्ठ तथा अन्य पदाधिकारीसँगै एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठलगायतका पदाधिकारीहरुको उपस्थिति थियो।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ४ : ५७ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्

कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

धनगढी– नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र

मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न

मधेशी आयोगका सदस्य गुप्ताले दिए राजीनामा

काठमाडौं– मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्