सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स शुरु « Khabarhub

सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स शुरु


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स (तालिम) शुरु गरेको छ ।

एनओसीको आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा सोमबारदेखि सोलिडारिटी कोर्स (तालिम) शुरु भएको हो ।

काेर्शमा ७ वटै प्रदेशका ३० जना सुटिङ प्रशिक्षकहरु सहभागी छन् । निर्देशकहरु नर्वेका लिफ रोलान्ड र हंगेरीका सोनाल रामेन्द्रले ४ दिनसम्म चल्ने कोर्समा नेपाली प्रशिक्षकहरुलाई राइफल र पेस्तोलका प्राविधिक पक्षहरु सिकाउनेछन् ।

कोर्समा सुटिङका प्राविधिक पक्षवारे जानकारी गराइनुका साथै नेपाली प्रशिक्षकहरुलाई खेलमा परिवर्तन भएका नीति तथा नियमहरु पनि सिकाइने जनाइएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबीच कोर्सको उद्घाटन गरे । उद्घाटनको अवसरमा एनओसी अध्यक्ष श्रेष्ठले कोर्सबाट खेलको नवीनतम प्रविधि तथा नियमवारे प्रशिक्षकहरु अद्यावधिक हुने विश्‍वास व्यक्त गरे।

उदघाटनको अवसरमा नेपाल सुटिङ संघका अध्यक्ष पुश्पदास श्रेष्ठ तथा अन्य पदाधिकारीसँगै एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठलगायतका पदाधिकारीहरुको उपस्थिति थियो।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ४ : ५७ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी