डा.अरुणा भन्छिन्– करी पत्ता स्वास्थ्यका लागि अमृत सरह, प्रयोग गर्ने तरिका यो हो « Khabarhub

डा.अरुणा भन्छिन्– करी पत्ता स्वास्थ्यका लागि अमृत सरह, प्रयोग गर्ने तरिका यो हो


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

करी पत्तालाई मानिसले मीठा निम पनि भन्छन् । सायद निम पत्ताको औषधीजन्य गुण हुने तर तीतो नभएकाले पनि यसलाई मीठा निम भनिएको हुनसक्छ ।

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रतीले भन्छिन्, ‘करी पत्ता मानिसको स्वास्थ्यका लागि अमृत समान हुन्छ ।’ मैले मीठा निमको उपयोगिताबारे थाहा पाएको सन् २००६ मा श्रीलंका बसाईका क्रममा हो ।

श्रीलंकामा प्रायः खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गरिँदो रहेछ । पहिले पहिले त म तरकारी वा दालमा हालेको पत्ता निकालेर फ्याँल्थेँ । सँगै खान बसेकी नर्सले यसको उपयोगिताबारे जानकारी दिए पछि म त्यसलाई खान थालेँ ।

ती नर्सले भनेकी थिइन्, “ करी पत्ता त एकदम पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभईकन पूर्ण नै हुँदैन । हामी यसको नरम पातको अचार पनि बनाउँछौँ । रसम (दाल) मा त यो नभई हुँदैन । यो भिटामिन ‘ए’को भण्डार नै हो, अनि किन तिमीले फ्यालेको ? तिमीले त गर्भवतीलाई यो खान प्रेरणा पो दिनुपर्छ ।”

करी पत्तामा रेसादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ । करी पत्ता गर्भवती तथा सुत्केरीका लागि त अति नै जरुरी नै हुन्छ । फोलिक एसिडको प्रयोगले भ्रुणलाई स्वास्थ बनाउन मद्दत गर्छ ।

पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर पनि प्रयोग गर्न सकिन्छ।

यसमा रहेको रेसादार पदार्थले कब्जियत कम गराउन मद्दत गर्छ । यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई सन्चो गर्ने डा.उप्रेती बताउँछिन् । करी पत्ता पानीमा पकाएर खाँदा अलिकति कागती र बिरे नुन पनि हाल्न सकिन्छ । लुतो, डण्डीफोर आदि निको पार्न निम पत्ताको प्रयोग गरिए झै करी पत्ताको प्रयोग गर्न सकिन्छ ।

करी पत्ता हरियो मा पनि सहजै प्रयो गर्न मिल्ने र यसका पातहरुलाई सुकाएर कालान्तरसम्म प्रयोग गर्न मिल्ने भएकाले पनि यो निकै उपयोगी हुन्छ ।

करी पत्तामा पाइने भिटामिन ‘ए’ले आँखाको समस्या समाधानमा पनि महत्वपूर्ण सावित हुन्छ । नेपालको तराई क्षेत्रमा करी पत्ता पाइने भए पनि यसको प्रयोग बारे सबैलाई जानकारी नहुँदा यसको उचित प्रयोग हुन सकिरहेको छैन ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : २१ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा