विश्व सैनिक खेलकुदमा तुलसाद्वारा राष्ट्रिय कीर्तिमान « Khabarhub

विश्व सैनिक खेलकुदमा तुलसाद्वारा राष्ट्रिय कीर्तिमान


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको उहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

प्रतियोगितामा सेनाकी खत्रीले आज ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन् ।

एक्काइस देशका खेलाडी सहभागी उक्त दौड खत्रीले ५९ दशमलव ५७ सकेण्डमा पूरा गरेकी हुन् । यसअघि उक्त दौडको कीर्तिमान प्रमिला रिजालको नाममा थियो । रिजालले सन् २०१० मा उक्त दौड ५९ दशमलव ९० सकेण्डमा पूरा गरेकी थिइन् ।

मंगलबार सञ्चालन भएको महिलातर्फको एक सय मिटर दौड नेपाली सेनाकी सरस्वती चौधरीले १२ दशमलव ६६ सकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । उक्त दौडमा २६ देशका खेलाडी सहभागी थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार बीच भलिबल, आर्चरी र महिला बक्सिङका खेल सम्पन्न भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ०१ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली