पोर्चुगलमा नेपाली झण्डा बोकेरै २ किलोमिटर दौडिए यी बालक | Khabarhub Khabarhub

पोर्चुगलमा नेपाली झण्डा बोकेरै २ किलोमिटर दौडिए यी बालक


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन- पोर्चुगलको लिस्बनमा भएको मिनी म्याराथुनमा नेपाली बालकले राष्ट्रिय झण्डा बोकेरै २ किलोमिटरको दौड पूरा गरेका छन् ।

अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका ती नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पूरा गरेका हुन् ।

लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेश पाण्डेयसँगै उनका भाइ युरेक पाण्डेयले पनि भाग लिएका थिए । म्याराथन क्लब पोर्चुगलको आयोजनामा गत शनिबार राजधानी लिस्बनमा “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” भएको हो ।

युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताए । बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको उनले बताए ।

युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ०७ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेशहरू प्रस्तुत गरिने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रोमाञ्चक खेलमा लेगानेसविरुद्ध रियल म्याड्रिडको जित

काठमाडौं – कोपा डेल रे कपको बुधबार राति भएको क्वार्टर

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून

अर्सनलमाथि शानदार जित निकाल्दै न्युक्यासल कारबाओ कपको फाइनलमा

काठमाडौं – न्युक्यासल युनाइटेड ५६ वर्षपछि कुनै ठुलो प्रतियोगिताको उपाधिको