सावधान ! खाली पेटमा चिया पिउने गर्नुभएको त छैन « Khabarhub

सावधान ! खाली पेटमा चिया पिउने गर्नुभएको त छैन


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरमा आएका पाहुनाको सत्कारका लागी होस् वा साथिभाई भेटभाट हुदा गफसंगै धेरै नेपाली चियाको चुसिक लिने गर्दछन् ।

अझ अधिकाशं नेपालीको दैनिकी त चियाबाट नै सुरु हुन्छ । नेपालीका लागी चिया एक संस्कृति नै बनिसकेको छ ।

तर चियाको अत्यधिक सेवन स्वास्थ्यका लागी भने हानिकारक हुनसक्छ । साथै खाली पेट चिया पिउने ब्यक्तिलाई यसले शरीरमा गम्भीर असर समेत र्पुयाउन सक्छ । चिया सेवन गर्दा हुने हानि निम्न छन् :

१. दुध चियाले असर नगर्ने कतिपयको ठम्याई रहने गरेको छ । तर खालिपेटमा दुध चियाको सेवनले शरीरमा असर पुर्याउने गर्दछ । खाली पेट दूधचिया पिएमा दिनभर शरीरमा थकान हुने तथा मुख अमिलो हुन्छ । जसले कालान्तरमा पेटको समस्या निम्त्याउने गर्दछ ।

२. केहि मानिस दूधचियाले असर गर्ने भन्दै कालो चिया सेवन गर्दछन् । तर कालो चियामा हुने पत्तिको मात्राले पाचन प्रणाली सहित पेटमा असर पार्ने गर्दछ । त्यसैले चिया सेवन गर्नुभन्दा पहिले अनिवार्य रुपमा केहि गिलास पानि पिउनु उत्तम हुन्छ ।

३. चियामा हुने टेनिनले शरीरमा भएको आइरनसंग रियाक्ट गर्छ । जसले खानापछि चिया पिउने मानिसको शरीरमा भएको पोषण तत्वलाई नष्ट पार्ने गर्दछ । तसर्थ खाना खाएपछि चिया पिउने बानि छ भने यसलाई आजैबाट त्याग्नु होस् ।

४. केहि मानिस दैनिक अत्यधिक चियाको सेवन गर्दछन् । दैनिक ४ कपभन्दा बढि चिया पिउने मानिसमा घाटिको क्यान्सरको खतरा हुने गर्दछ । तसर्थ अत्यधिक चिया सेवन गर्ने बानि हुनेले चियाको मात्रा बिस्तारै घटाउदै लानुपर्छ । अन्यथा यसले शरीरमा रोग भित्रने गर्दछ ।

५. चियाको सबैभन्दा ठुलो कमजोरी भनेको चियाले एसिडको मात्रा बढाउने गर्दछ । लगातार चिया सेवन गर्ने मानिसको शरीरमा ग्यास्ट्रिक तथा अल्सरको समस्या देखापर्ने हुन्छ । तसर्थ अत्यधिक चियाको सेवन गर्नु निकै घातक मानिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : २६ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६