सावधान ! खाली पेटमा चिया पिउने गर्नुभएको त छैन « Khabarhub

सावधान ! खाली पेटमा चिया पिउने गर्नुभएको त छैन


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरमा आएका पाहुनाको सत्कारका लागी होस् वा साथिभाई भेटभाट हुदा गफसंगै धेरै नेपाली चियाको चुसिक लिने गर्दछन् ।

अझ अधिकाशं नेपालीको दैनिकी त चियाबाट नै सुरु हुन्छ । नेपालीका लागी चिया एक संस्कृति नै बनिसकेको छ ।

तर चियाको अत्यधिक सेवन स्वास्थ्यका लागी भने हानिकारक हुनसक्छ । साथै खाली पेट चिया पिउने ब्यक्तिलाई यसले शरीरमा गम्भीर असर समेत र्पुयाउन सक्छ । चिया सेवन गर्दा हुने हानि निम्न छन् :

१. दुध चियाले असर नगर्ने कतिपयको ठम्याई रहने गरेको छ । तर खालिपेटमा दुध चियाको सेवनले शरीरमा असर पुर्याउने गर्दछ । खाली पेट दूधचिया पिएमा दिनभर शरीरमा थकान हुने तथा मुख अमिलो हुन्छ । जसले कालान्तरमा पेटको समस्या निम्त्याउने गर्दछ ।

२. केहि मानिस दूधचियाले असर गर्ने भन्दै कालो चिया सेवन गर्दछन् । तर कालो चियामा हुने पत्तिको मात्राले पाचन प्रणाली सहित पेटमा असर पार्ने गर्दछ । त्यसैले चिया सेवन गर्नुभन्दा पहिले अनिवार्य रुपमा केहि गिलास पानि पिउनु उत्तम हुन्छ ।

३. चियामा हुने टेनिनले शरीरमा भएको आइरनसंग रियाक्ट गर्छ । जसले खानापछि चिया पिउने मानिसको शरीरमा भएको पोषण तत्वलाई नष्ट पार्ने गर्दछ । तसर्थ खाना खाएपछि चिया पिउने बानि छ भने यसलाई आजैबाट त्याग्नु होस् ।

४. केहि मानिस दैनिक अत्यधिक चियाको सेवन गर्दछन् । दैनिक ४ कपभन्दा बढि चिया पिउने मानिसमा घाटिको क्यान्सरको खतरा हुने गर्दछ । तसर्थ अत्यधिक चिया सेवन गर्ने बानि हुनेले चियाको मात्रा बिस्तारै घटाउदै लानुपर्छ । अन्यथा यसले शरीरमा रोग भित्रने गर्दछ ।

५. चियाको सबैभन्दा ठुलो कमजोरी भनेको चियाले एसिडको मात्रा बढाउने गर्दछ । लगातार चिया सेवन गर्ने मानिसको शरीरमा ग्यास्ट्रिक तथा अल्सरको समस्या देखापर्ने हुन्छ । तसर्थ अत्यधिक चियाको सेवन गर्नु निकै घातक मानिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : २६ बजे

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा