घाइतेलाई बोरामा हालेर इँटाभट्टासम्म लान प्रयोग गरिएको ट्रयाक्टर प्रहरीद्वारा बरामद « Khabarhub

घाइतेलाई बोरामा हालेर इँटाभट्टासम्म लान प्रयोग गरिएको ट्रयाक्टर प्रहरीद्वारा बरामद


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मार्ने क्रममा प्रयोग भएको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

विस्फोटमा घाइतेहरुलाई इँटाभट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले सोमबार बरामद गरेको हो ।

वम विस्फोटका मुख्य अभियुक्त पूर्व मन्त्री मोहमद अफताव आलमका भाइ महताव आलमले घटना पछि उक्त ट्रयाक्टर प्रमाण लुकाउन बिक्री गरेका थिए ।

ना १ त ६४७२ नम्बरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजनाअन्तर्गत नै अफताबका भाइ महतावले २०६७ असार २३ गते अर्कोलाई बिक्री गरेको प्रहरीको भनाइ छ ।

२०५७ जेठ २४ गते महताव आलमकै नाउँमा खरिद भएको सो ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटाभट्टासम्म लान प्रयोग गरिएको प्रहरी भनाइ छ । घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि उनले बिक्री गरेको प्रहरीले जनाएको छ ।

अहिले सो ट्रयाक्टर जिल्लाको देवाहीगेनाही नगरपालिका–२ करुनीया निवासी उमाशंकर साहको नाउँमा कायम गरिएको छ । उनले ट्रयाक्टर नम्बर प्लेट मेटेर प्रयोग गरिदै आएको थियो ।

सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डिएसपी नबिन कार्कीले जानकारी दिए ।

बम विस्फोटका दर्जनौ घाइतेलाई बोरामा कोचेर सोहि ट्रयाक्टरमा लोड गरी इँटाभट्टातर्फ लगिएको थियो । उनीहरुलाई अफताब आलमका भान्जा मुस्ताक राजाको राजा इँटाभट्टामा जलाएको पीडित परिवारको आरोप छ ।

गत असोज २६ गते राजपुरबाट जिल्ला सदरमुकाम गौर आउने क्रममा पक्राउ परेका पूर्वमन्त्री आलमविरुद्ध दर्ता भएको कर्तव्य ज्यान तथा विष्फोटन पदार्थसम्बन्धी प्रहरी प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी कार्कीले बताए ।

असोज २६ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिन थुनामा राखी घटनाको अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले आइतबार ५ दिनको लागि म्याद थप गराएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ४५ बजे

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार