तितेपातीका फाइदा र प्रयोग गर्ने तरिका | Khabarhub Khabarhub

तितेपातीका फाइदा र प्रयोग गर्ने तरिका


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धार्मिक कार्यमा समेत उपयोगी हुने तितेपातीमा धेरै औषधीय गुण हुन्छन् । तितेपाती खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ ।

जहाँ तहीँ पाइने तितेपातीमा औषधीय गुण हुन्छ भन्ने कुरा थाहा भए पनि यसको प्रयोगबारे सबैलाई थाहा हुँदैन । तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ ।

तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तितेपातीको तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताए ।

उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छर्किँदा कीरा भाग्ने गर्छन् । तितेपातीको प्रयोगले मलेरिया निको पार्न सकिन्छ ।

यस्ता छन् फाइदा

  • तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।
  • कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।
  • सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन ।
  • जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।
  • विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।
  • युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ। बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

कसरी उपयोग गर्ने ?

  • बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।
  • तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ । बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।
  • छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ । सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ ।
  • सबै रोगलाई उपयुक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।
  • बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ५२ बजे

विश्वकपपछि रोनाल्डोले फुटबल छाड्ने

एजेन्सी– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप

एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६