यो तिहार कस्तो हुनेछ ? राशिअनुसारको फल | Khabarhub Khabarhub

यो तिहार कस्तो हुनेछ ? राशिअनुसारको फल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिहार शुरु हुनु ४ दिन अघि अर्थात कार्तिक ०६ गते बुधबारबाट ग्रहका राजकुमार बुधको राशि परिवर्तन हुने भएको छ ।

यो दिन बुध रात ११ बजेर ४८ मिनटमा तुलाबाट वृश्चिक राशिमा प्रवेश गर्दैछ । कार्तिक २१ गते दिउँसो ३ बजेर ५४ मिनेटसम्म बुध उक्त राशिमा रहने छ ।

तिहारको प्रवेशसँगै बुधको राशि परिवर्तनले सबै राशिमा राम्रो नराम्रो दुबै प्रभाव पर्न सक्छ । आफ्नो राशिअनुसार हेर्नुहोस् तपाईको राशिमा कस्तो प्रभाव पर्छ ।

मेष राशि

बुधको परिवर्तनले मेष राशिका ब्यक्तिलाई आर्थिक लाभ मिल्ने संकेत छ । तिहारमा आर्थिक अवस्था सबल हुने मात्र होइन रोकिएको धन समेत फिर्ता आउने योग छ ।

वृष राशि

वृष राशिलाई तिहारका बेला घरमा सुख शान्ति बन्ने तथा अप्ठ्याराहरु समाधान भएर जानेछन् । कार्यालय वा व्यापारमा काम गर्नेहरुका लागि पनि यस पटक निकै लाभदायक रहेको छ ।

मिथुन राशि

मिथुन राशिका ब्यक्तिले तिहारमा अलिक विचार पुर्याउनु पर्ने हुन्छ । स्वास्थ्य र भविष्य सम्बन्धी अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । नकारात्मक भाव र क्रोध नल्याउनु उचित हुन्छ ।

कर्कट राशि

कर्कट राशिका ब्यक्तिले तिहारका बेला अन्यत्रको यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ । परिवार तथा साथीभाईबाट सहयोग पाइनेछ । तर कुनै पनि निर्णय लिनुअघि विशेष ध्यान पुर्याउनु होला ।

सिंह राशि

सिंह राशि भएका ब्यक्तिका लागि यस पटकको तिहार धनयोग बन्ने रहेको छ । देवी लक्ष्मीको कृपाले सम्पति जोड्ने अवसर बन्न सक्नेछ । जागिरेका लागि पनि निकै लाभदायक रहनछ ।

कन्या राशि

व्यापार र जागिर गर्ने कन्या राशिका ब्यक्तिका लागि तिहार शुभ रहेको छ । आफ्नो आत्मविश्वासद्वारा गरेको काममा लाभ हुनेछ । तर दुश्मनबाट सर्तक रहनुहोला ।

तुला राशि

तुला राशिका ब्यक्तिलाई यस तिहारमा आर्थिक लाभ मिल्न सक्छ । कर्जाबाट मुक्ति मिल्ने योग छ । आर्थिक पक्ष मजबूत हुने भएकाले मानसम्मान समेत बढ्ने हुन्छ ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि तिहारमा नकारात्मक विचारको अन्त्य गर्नु उत्तम हुन्छ । कुनै पनि काम थाल्नु अघि रणनीति बनाएर मात्र अगाडि बढ्नुहोला । आर्थिक पक्ष बलियो रहनेछ ।

धनु राशि

धनु राशिका वृद्ध ब्यक्तिले स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । जागिर परिवर्तन गर्न चाहानेका लागि यो समय उत्तम छ । तिहारमा कसैलाई सापटी वा ऋण नदिनुहोला ।

मकर राशि

मकर राशिका ब्यक्तिले गरेको हरेक प्रयास सफल हुनेछ । सर्वत्रबाट लाभ मिल्ने योग छ । आर्थिक लाभ भएपनि जुवातास नखेल्नुहोला । नत्र जम्मा धनमा समेत क्षय हुनेछ ।

कुम्भ राशि

कुम्भ राशिका ब्यक्तिलाई तिहार मिश्रित अवस्थामा रहेको छ । जागिर र धन योग बनेपनि आफन्तबीच खटपट हुनसक्छ । आफ्नो बोलीमा ध्यान पुर्याउनु होला ।

मीन राशि

मीन राशिका विद्यार्थीलाई शुभ समाचार मिल्नेछ । तपाईका साथिको सफलतामा रमाउने अवसर मिल्नेछ । मानसम्मान प्राप्त होला । तर स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ०० बजे

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी संगठनको संरचना र

सुत्केरीको मृत्यु भएपछि कर्णाली अस्पताल तनावग्रस्त 

सुर्खेत– सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको

बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन : नेप्से  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हालसम्म कसैलाई पनि बजार विश्लेषकको

इजरायलमा रहेका नागरिकलाई इजरायल छाड्न चीनको आग्रह

बेइजिङ– इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको

श्रीलंकामा अनुराले सत्ता सम्हाल्दै गर्दा पूर्वराष्ट्रपति राजापाक्षे नेपालमा

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै