यो तिहार कस्तो हुनेछ ? राशिअनुसारको फल « Khabarhub

यो तिहार कस्तो हुनेछ ? राशिअनुसारको फल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिहार शुरु हुनु ४ दिन अघि अर्थात कार्तिक ०६ गते बुधबारबाट ग्रहका राजकुमार बुधको राशि परिवर्तन हुने भएको छ ।

यो दिन बुध रात ११ बजेर ४८ मिनटमा तुलाबाट वृश्चिक राशिमा प्रवेश गर्दैछ । कार्तिक २१ गते दिउँसो ३ बजेर ५४ मिनेटसम्म बुध उक्त राशिमा रहने छ ।

तिहारको प्रवेशसँगै बुधको राशि परिवर्तनले सबै राशिमा राम्रो नराम्रो दुबै प्रभाव पर्न सक्छ । आफ्नो राशिअनुसार हेर्नुहोस् तपाईको राशिमा कस्तो प्रभाव पर्छ ।

मेष राशि

बुधको परिवर्तनले मेष राशिका ब्यक्तिलाई आर्थिक लाभ मिल्ने संकेत छ । तिहारमा आर्थिक अवस्था सबल हुने मात्र होइन रोकिएको धन समेत फिर्ता आउने योग छ ।

वृष राशि

वृष राशिलाई तिहारका बेला घरमा सुख शान्ति बन्ने तथा अप्ठ्याराहरु समाधान भएर जानेछन् । कार्यालय वा व्यापारमा काम गर्नेहरुका लागि पनि यस पटक निकै लाभदायक रहेको छ ।

मिथुन राशि

मिथुन राशिका ब्यक्तिले तिहारमा अलिक विचार पुर्याउनु पर्ने हुन्छ । स्वास्थ्य र भविष्य सम्बन्धी अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । नकारात्मक भाव र क्रोध नल्याउनु उचित हुन्छ ।

कर्कट राशि

कर्कट राशिका ब्यक्तिले तिहारका बेला अन्यत्रको यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ । परिवार तथा साथीभाईबाट सहयोग पाइनेछ । तर कुनै पनि निर्णय लिनुअघि विशेष ध्यान पुर्याउनु होला ।

सिंह राशि

सिंह राशि भएका ब्यक्तिका लागि यस पटकको तिहार धनयोग बन्ने रहेको छ । देवी लक्ष्मीको कृपाले सम्पति जोड्ने अवसर बन्न सक्नेछ । जागिरेका लागि पनि निकै लाभदायक रहनछ ।

कन्या राशि

व्यापार र जागिर गर्ने कन्या राशिका ब्यक्तिका लागि तिहार शुभ रहेको छ । आफ्नो आत्मविश्वासद्वारा गरेको काममा लाभ हुनेछ । तर दुश्मनबाट सर्तक रहनुहोला ।

तुला राशि

तुला राशिका ब्यक्तिलाई यस तिहारमा आर्थिक लाभ मिल्न सक्छ । कर्जाबाट मुक्ति मिल्ने योग छ । आर्थिक पक्ष मजबूत हुने भएकाले मानसम्मान समेत बढ्ने हुन्छ ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि तिहारमा नकारात्मक विचारको अन्त्य गर्नु उत्तम हुन्छ । कुनै पनि काम थाल्नु अघि रणनीति बनाएर मात्र अगाडि बढ्नुहोला । आर्थिक पक्ष बलियो रहनेछ ।

धनु राशि

धनु राशिका वृद्ध ब्यक्तिले स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । जागिर परिवर्तन गर्न चाहानेका लागि यो समय उत्तम छ । तिहारमा कसैलाई सापटी वा ऋण नदिनुहोला ।

मकर राशि

मकर राशिका ब्यक्तिले गरेको हरेक प्रयास सफल हुनेछ । सर्वत्रबाट लाभ मिल्ने योग छ । आर्थिक लाभ भएपनि जुवातास नखेल्नुहोला । नत्र जम्मा धनमा समेत क्षय हुनेछ ।

कुम्भ राशि

कुम्भ राशिका ब्यक्तिलाई तिहार मिश्रित अवस्थामा रहेको छ । जागिर र धन योग बनेपनि आफन्तबीच खटपट हुनसक्छ । आफ्नो बोलीमा ध्यान पुर्याउनु होला ।

मीन राशि

मीन राशिका विद्यार्थीलाई शुभ समाचार मिल्नेछ । तपाईका साथिको सफलतामा रमाउने अवसर मिल्नेछ । मानसम्मान प्राप्त होला । तर स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ०० बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट