यसवर्षदेखि सरकारी मेडिकल कलेजमा ७५ छात्रवृत्ति प्रतिशत, खुल्यो आवेदन | Khabarhub Khabarhub

यसवर्षदेखि सरकारी मेडिकल कलेजमा ७५ छात्रवृत्ति प्रतिशत, खुल्यो आवेदन


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मेडिकल कलेजमा यसवर्षदेखि ७५ प्रतिशत छात्रवृत्त्ति सिट कायम गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै एमबीबीएस र बीडिएसमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई निवेदन दिन आह्रान समेत गरेको छ ।

मन्त्रालयको छात्रवृत्ति शाखाले सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिले कात्तिक ६ देखि २० गतेभित्र अनलाइन मार्फत निवेदन दिन सक्ने जनाएको छ ।

सरकारले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपि कोएराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयबाट सम्बन्नध प्राप्त स्वादेशी लगानीका शिक्षण संस्थामा १० प्रतिशत र विदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने एमबीबीएस र बीडिएस छात्रवृत्तिको व्यवस्था गरेको हो ।

छात्रवृत्तिमा आवेदन दिन एमबीबीएस तथा बीडिएसको प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याई उत्तीर्ण गरेको हुनुपर्ने छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : २४ बजे

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ