यी ७ टिप्स अपनाए छाला सुन्दर बनाउन सकिन्छ « Khabarhub

यी ७ टिप्स अपनाए छाला सुन्दर बनाउन सकिन्छ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा आफु सुन्दर देखिने चाहना हुन्छ । यो स्वभाविक पनि हो । तर सुन्दर बन्न के गर्नुपर्छ त्यसको जानकारी नुहनाले वा उपाय नजान्नाले हामी आफुलाई आर्कषक बनाउन सकिरहेका हुँदैनौ ।

प्रायजसो हामी चलचित्र वा टेलिभिजन स्क्रिनमा देखिएका कलाकार तथा प्रस्तोतालाई आर्कषक देख्दछौ । उनीहरुको त्वचाको सुन्दरताले हरेकलाई प्रभावित पार्दछ । सेलिब्रेटि झै सुन्दर देखिने हामी केहि टिप्सहरु दिँदैछौ, जसलाई अपनाएर तपाई पनि आफ्नो त्वचा सुन्दर पार्न सक्नुहुन्छ ।

१. छालालाई सफा तथा चम्किलो देखाउन नियमित रुपमा क्लिन्जिङ गर्नुपर्ने हुन्छ । यसले हाम्रो त्वचामा निखार ल्याउदछ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ ।

२. साथै त्वचाको सुन्दरता बढाउन नियमित टोनिङ र मस्चुराइजिङ समेत गर्नुपर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्छ । तर टोनरमा गुलाब जल मात्र प्रयोग गर्नुहोला । गुलाब जलले भन्दा त्वचालाई सुन्दर बनाउने अरु टोनर त्यति उपयोगी हुदैन ।

३. हरेक साता अनिवार्य एकपटक स्क्रबिङ गर्नुहोला । यसले अनुहारमा रहेको मृत त्वचालाई निकाल्ने काम गर्दछ । स्क्रबिङका लागी ओलिभ आयलमा थोरै चिनि हाली स्क्रब गर्दा यसले त्वचालाई लाभ गर्दछ ।

४. यदि तपाईको छालामा चमक छैन भने भिटामिन सि सोरमले मसाज गर्नुहोस् । भिटामिन सी सोरमले छालामा चमकपना ल्याउन मद्दत गर्दछ । भिटामिन सी सोरम कुनै पनि कष्मेटिक पसलमा सजिलै पाउन सकिन्छ ।

५. तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।

६. छाला सुन्दर बनाउने उपायसंगै छालाको सुरक्ष्ाँमा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यसैले बाहिर निस्कदा सधै सनस्क्रिन क्रिमको अनिवार्य प्रयोग गर्नुहोस् । यसले छालामा पर्ने सूर्यको यूभी किरणबाट बचाउने गर्दछ ।

७. छाला सुन्दर बनाउन सधै सन्तुलित तथा भिटामिन युक्त आहार खानुपर्छ । दैनिक फलफुल तथा सागपातको सेवन गर्नुपर्छ । दैनिक ४ लिटर भन्दा बढि पानी पिउने बनि बसाउनुहोस् । साथै पर्याप्त निदाउने गर्नुपर्दछ । निन्द्रा नपुग्दा, रुदा“ वा थकानले पनि छालाको सुन्दरता गुम्ने गर्दछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ३६ बजे

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको