यी ७ टिप्स अपनाए छाला सुन्दर बनाउन सकिन्छ | Khabarhub Khabarhub

यी ७ टिप्स अपनाए छाला सुन्दर बनाउन सकिन्छ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा आफु सुन्दर देखिने चाहना हुन्छ । यो स्वभाविक पनि हो । तर सुन्दर बन्न के गर्नुपर्छ त्यसको जानकारी नुहनाले वा उपाय नजान्नाले हामी आफुलाई आर्कषक बनाउन सकिरहेका हुँदैनौ ।

प्रायजसो हामी चलचित्र वा टेलिभिजन स्क्रिनमा देखिएका कलाकार तथा प्रस्तोतालाई आर्कषक देख्दछौ । उनीहरुको त्वचाको सुन्दरताले हरेकलाई प्रभावित पार्दछ । सेलिब्रेटि झै सुन्दर देखिने हामी केहि टिप्सहरु दिँदैछौ, जसलाई अपनाएर तपाई पनि आफ्नो त्वचा सुन्दर पार्न सक्नुहुन्छ ।

१. छालालाई सफा तथा चम्किलो देखाउन नियमित रुपमा क्लिन्जिङ गर्नुपर्ने हुन्छ । यसले हाम्रो त्वचामा निखार ल्याउदछ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ ।

२. साथै त्वचाको सुन्दरता बढाउन नियमित टोनिङ र मस्चुराइजिङ समेत गर्नुपर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्छ । तर टोनरमा गुलाब जल मात्र प्रयोग गर्नुहोला । गुलाब जलले भन्दा त्वचालाई सुन्दर बनाउने अरु टोनर त्यति उपयोगी हुदैन ।

३. हरेक साता अनिवार्य एकपटक स्क्रबिङ गर्नुहोला । यसले अनुहारमा रहेको मृत त्वचालाई निकाल्ने काम गर्दछ । स्क्रबिङका लागी ओलिभ आयलमा थोरै चिनि हाली स्क्रब गर्दा यसले त्वचालाई लाभ गर्दछ ।

४. यदि तपाईको छालामा चमक छैन भने भिटामिन सि सोरमले मसाज गर्नुहोस् । भिटामिन सी सोरमले छालामा चमकपना ल्याउन मद्दत गर्दछ । भिटामिन सी सोरम कुनै पनि कष्मेटिक पसलमा सजिलै पाउन सकिन्छ ।

५. तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।

६. छाला सुन्दर बनाउने उपायसंगै छालाको सुरक्ष्ाँमा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यसैले बाहिर निस्कदा सधै सनस्क्रिन क्रिमको अनिवार्य प्रयोग गर्नुहोस् । यसले छालामा पर्ने सूर्यको यूभी किरणबाट बचाउने गर्दछ ।

७. छाला सुन्दर बनाउन सधै सन्तुलित तथा भिटामिन युक्त आहार खानुपर्छ । दैनिक फलफुल तथा सागपातको सेवन गर्नुपर्छ । दैनिक ४ लिटर भन्दा बढि पानी पिउने बनि बसाउनुहोस् । साथै पर्याप्त निदाउने गर्नुपर्दछ । निन्द्रा नपुग्दा, रुदा“ वा थकानले पनि छालाको सुन्दरता गुम्ने गर्दछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ३६ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य