सालकको खपटा र निगालो बाघको छालासहित २ जना पक्राउ « Khabarhub

सालकको खपटा र निगालो बाघको छालासहित २ जना पक्राउ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएका २८ वर्षीय नवराज न्यौपाने र गोरखा सिरान चोक गाँउपालिका-६ घर भएका २२ वर्षीय केशव अर्याल रहेका छन् ।

दुर्लभ वन्यजन्तुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त खपटा र छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई उक्त खपटा र छाला सहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : १० बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्