विप्लव कार्यकर्ताले गरे नेकपा नेतामाथि आक्रमण, गाउँ पस्न नदिने चेतावनी « Khabarhub

विप्लव कार्यकर्ताले गरे नेकपा नेतामाथि आक्रमण, गाउँ पस्न नदिने चेतावनी


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सत्तारुढ दल नेकपाका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका जाजरकोट नेकपाका सहइन्चार्ज निरज आचार्य, डम्बरबहादुर सिंह अनेरास्ववियूका जिल्ला सदस्य विशाल बस्नेत लगायत ४ जनामाथि विप्लव नेतृत्वका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बारेकोटमा प्रवेश गर्न नदिने भन्दै आज विहान नेकपाका नेताहरुमाथि आक्रमण भएको बताए ।

सत्तारुढ नेकपाका नेताहरु पार्टीले तय गरेको राजनीतिक प्रशिक्षण कार्यक्रमका लागि बुधबार विहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको लैखमको रापानी भिरमा आक्रमण भएको हो । आक्रमणबाट नेता आचार्य र सिंहलाई चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका नेता सिंहका अनुसार बाटो कुरेर बसेका विप्लका कार्यकर्ताले अवरोध सिर्जना गर्दै आक्रमण गरेका हुन् ।

‘लाठी बोकेर बसेका विप्लवका कार्यकर्ताले बारेकोटमा प्रवेश गर्न दिँदैनौ भन्दै आक्रमण गरे’ नेता सिंहले भने,‘निकै अफ्टेरो स्थानमा उनीहरुले हामीमाथि आक्रण गरे, लाठीले हान्ने र भीरबाट ढुंगा गुल्टाउने काम गरे । त्यहाँ प्रतिवाद गर्ने अवस्था थिएन, उनीहरुले हामीलाई गाउँमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी पनि दिए ।’

आफूहरु बारेकोटको लिम्सामा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेको बताए ।

आक्रमणमा परेका नेकपाका नेतालाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : २४ बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये