विप्लव कार्यकर्ताले गरे नेकपा नेतामाथि आक्रमण, गाउँ पस्न नदिने चेतावनी | Khabarhub Khabarhub

विप्लव कार्यकर्ताले गरे नेकपा नेतामाथि आक्रमण, गाउँ पस्न नदिने चेतावनी


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सत्तारुढ दल नेकपाका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका जाजरकोट नेकपाका सहइन्चार्ज निरज आचार्य, डम्बरबहादुर सिंह अनेरास्ववियूका जिल्ला सदस्य विशाल बस्नेत लगायत ४ जनामाथि विप्लव नेतृत्वका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बारेकोटमा प्रवेश गर्न नदिने भन्दै आज विहान नेकपाका नेताहरुमाथि आक्रमण भएको बताए ।

सत्तारुढ नेकपाका नेताहरु पार्टीले तय गरेको राजनीतिक प्रशिक्षण कार्यक्रमका लागि बुधबार विहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको लैखमको रापानी भिरमा आक्रमण भएको हो । आक्रमणबाट नेता आचार्य र सिंहलाई चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका नेता सिंहका अनुसार बाटो कुरेर बसेका विप्लका कार्यकर्ताले अवरोध सिर्जना गर्दै आक्रमण गरेका हुन् ।

‘लाठी बोकेर बसेका विप्लवका कार्यकर्ताले बारेकोटमा प्रवेश गर्न दिँदैनौ भन्दै आक्रमण गरे’ नेता सिंहले भने,‘निकै अफ्टेरो स्थानमा उनीहरुले हामीमाथि आक्रण गरे, लाठीले हान्ने र भीरबाट ढुंगा गुल्टाउने काम गरे । त्यहाँ प्रतिवाद गर्ने अवस्था थिएन, उनीहरुले हामीलाई गाउँमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी पनि दिए ।’

आफूहरु बारेकोटको लिम्सामा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेको बताए ।

आक्रमणमा परेका नेकपाका नेतालाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : २४ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने