पशुपतिमा शव जलाउनेको आन्दोलन फिर्ता, यस्तो भयो सहमति « Khabarhub

पशुपतिमा शव जलाउनेको आन्दोलन फिर्ता, यस्तो भयो सहमति


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्दोलनमा उत्रिएका पशुपति आर्यघाट घाट सेवाका कर्मचारी र पशुपति क्षेत्र विकास कोषबीच सहमति भएको छ ।

सहमति भएसँगै घाट सेवाका कर्मचारीले शव जलाउने लगायतका काम पुन सुचारु गर्ने सहमति भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले वार्तामार्फत समस्या समाधान भएको बताए ।

सेवासुविधा वृद्धिको माग राख्दै आन्दोलन उत्रिएका उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए ।

उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।

एउटा शव जलाएवाफत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाउने विषयमा आन्दोलनरत पक्ष र पशुपति क्षेत्रविकास कोषबीच सहमति भएको छ ।

त्यस्तै अवकास पाउँदा उपदानवापत पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति भएको सदस्य सचिव ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : ५६ बजे

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि