डोजर आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दा « Khabarhub

डोजर आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दा


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैतडीको दशरथचन्द नगरपालिका–९ मा भएको डोजर आक्रमणको घटनामा चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सडक निर्माणमा विवाद हुँदा ती चालकले विरोधमा उत्रिएका स्थानीयमाथि डोजर चलाएका थिए ।

सोमबार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणबारे विवाद भएको थियो । स्थानीयले सडक निर्माणका क्रममा विरोध गरेपछि विरोधमा उत्रिएकामाथि डोजर चलाइएको थियो ।

स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए ।

दशरथचन्द नगरपालिका –९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच झडप भएको थियो ।

झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको र अहिले उनको कोहलपुरमा उपचार भइरहेको छ । ढुंगा हानाहान हुँदा दुवै पक्षका अरु सात जना समान्य घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचारपछि उनीहरु घर फर्केका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ३ : ३५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका