डोजर आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दा « Khabarhub

डोजर आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दा


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैतडीको दशरथचन्द नगरपालिका–९ मा भएको डोजर आक्रमणको घटनामा चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सडक निर्माणमा विवाद हुँदा ती चालकले विरोधमा उत्रिएका स्थानीयमाथि डोजर चलाएका थिए ।

सोमबार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणबारे विवाद भएको थियो । स्थानीयले सडक निर्माणका क्रममा विरोध गरेपछि विरोधमा उत्रिएकामाथि डोजर चलाइएको थियो ।

स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए ।

दशरथचन्द नगरपालिका –९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच झडप भएको थियो ।

झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको र अहिले उनको कोहलपुरमा उपचार भइरहेको छ । ढुंगा हानाहान हुँदा दुवै पक्षका अरु सात जना समान्य घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचारपछि उनीहरु घर फर्केका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ३ : ३५ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा