सि लिंक म्यानपावरबाट ५ सय २२ राहदानी जफत | Khabarhub Khabarhub

सि लिंक म्यानपावरबाट ५ सय २२ राहदानी जफत


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले काठमाडौंको चप्पलकारखानास्थित सि लिंक ओभरसिज सर्भिसेस प्रालिबाट ५ सय २२ वटा राहदानी जफत गरेको छ ।

यो म्यानपावरलाई विभागले हिजो मात्र सिलबन्दी गरेको थियो । उक्त म्यानपावरबाट यसअघि पनि १ सय ५० वटा राहदानी बौद्ध प्रहरीले नियन्त्रणमा लिएर विभागलाई जिम्मा लगाएको थियो ।

म्यानपावरले विदेश पठाइदिने भन्दै युवाहरुबाट २४ लाखभन्दा बढी रकम असुलेको प्रमाण भेटाएको विभागले जानकारी दिएको छ । बौद्ध प्रहरी र विभागले सिलबन्दी गरेको उक्त म्यानपावरको कार्यालय खोलेर ती राहदानी जफत गरेको विभागले जानकारी दिएको छ ।

सरकारले वृद्धि गरेको धरौटी रकम बुझाउन नसकेपछि खारेजीमा परेको उक्त म्यानपावरको लाइसेन्स विभागले हिजो रद्द गरेको थियो ।

उक्त म्यानपावरले लिएको राहदानी र रकम फिर्ता नगरेपछि निमिका शेर्पासहित सात जनाले विभागमा दिएको उजुरीपछि विभागले कात्तिक ४ गते म्यानपावरको आकस्मिक अनुगमन टोली खटाएको थियो ।

वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था बमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको छ ।

विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुलाई विभागले गत भदौ २९ गते सूचना प्रकाशित गरी दिएको निर्देशन विपरित त्यस्ता कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ५ : २१ बजे

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको