उस्तै किसिमका फिल्म बनाउने हो भने ६/६ महिनामा बनाउन सक्छु: निश्चल बस्नेत « Khabarhub

उस्तै किसिमका फिल्म बनाउने हो भने ६/६ महिनामा बनाउन सक्छु: निश्चल बस्नेत


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेतले चलचित्र ‘लूट’ निर्देशन गरेपछि खुबै वाहवाही कमाए । त्यसपछि उनले निर्देशन गरेका फिल्म ‘लूट’ जस्तै चर्चामा नआए पनि निश्चललाई ‘लूट’ ले नै फरक निर्देशकको परिचय दिलायो । बरु पछिल्लो समय उनी फिल्म निर्देशनमा भन्दा बढी अभिनयमा देखिएका छन् ।

फिल्ममा अभिनय गर्ने रहर पहिलेदेखि नै भएको निश्चल बताउँछन् । तर उनलाई आफूलाई अभिनय गर्न सक्छु भन्नेमा विश्वास थिएन । शुक्रबारदेखि चलचित्र ‘घामड शेरे’ मार्फत दर्शकमाझ आउन लागेका निश्चलले फिल्मका बारेमा कुराकानी गरे । उनले आफूलाई अभिनयमा पहिलेदेखि नै रुचि भए पनि फिल्म खेल्न नचाहेको पनि खुलाए ।

‘फिल्म बनाएर गरिखान्छु भनेर त नसोचेको मान्छेले अभिनय गर्छु भनेर सोच्ने कुरै थिएन, तर फिल्म खेल्दाखेल्दै कलाकार पनि बनियो,’ निश्चलले भने ।

उनले चलचित्र ‘लूट’ मा पनि रहरकै कारण सानो भूमिकामा अभिनय गरेको सुनाए । पछि भने फिल्ममा समेत अफर आउन थालेको र ती भूमिका आफूलाई चित्त बुझेपछि अभिनय गरेको उनको भनाइ थियो ।

‘खासमा त कबड्डीमा पनि अरु कलाकारको खोजी भइरहेको थियो, पछि यो भूमिकामा यो केटो सुहाउँछ भन्दै मलाई नै खेलाए,’ उनले भने । उक्त फिल्ममा निश्चलको लगानी पनि थियो । फिल्मले निश्चलको अभिनयको पनि चर्चा भयो । उनको थप क्रेज पनि भयो ।

‘मैले कलाकारका रुपमा काम गर्दिनँ भन्न खोजेको होइन तर भोलि निर्देशकका रुपमा भने मलाई दर्शकले फरक भूमिकामै देख्नुहुनेछ,’ निश्चलले भने, ‘यदि मैले उस्तै किसिमका फिल्म बनाउने हो भने ६/६ महिनामा फिल्म बनाउन सक्छु, मसँग त्यति धेरै स्किृप्ट आउँछन् ।’

भविष्यमा पनि आफूलाई चित्त बुझेका र फरक लागेका फिल्म मात्र बनाउने निश्चलको भनाइ थियो । ‘अरुलाई फरक नलाग्ला तर मलाई चाहिँ फरक लाग्यो भने त्यस्तो फिल्म निर्देशन गर्छु, मैले बनाउने फिल्मको स्किृप्ट खोजिरहेको छु,’ उनले भने ।

हिजोका दिनमा आफू कलाकार बन्छु भन्ने समेत नसोचेको तर अहिले शीर्ष भूमिकामा देखिएको र ती भूमिका पनि निर्देशककै आग्रहमा गरिरहेको उनको भनाइ थियो । यसअघि चलचित्र ‘प्रसाद’ मा पनि उनले निभाएको नकारात्मक भूमिकाले तारिफ पाएको थियो ।

‘मलाई कहिलेकाहीँ लाग्छ कि म लेखाइमा नै फेल भएको छु भने अरुमा त झन् के गर्न सक्छु, त्यही भएर समय कुरिरहेको छु,’ निश्चलले भने, ‘शायद मेरो जीवनमा पनि धेरै फिल्म पाउनुहुने छैन । उत्कृष्ट नहोला तर फरक होस् भन्ने किसिमले सीमित फिल्ममा मात्र काम गर्छु ।’

चलचित्र ‘घामड शेरे’ मा उनले पत्नी स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको भूमिकामा छन् । हेमराज बिसीले निर्देशन गरेको यो फिल्म रिलिजअघि भने चर्चामा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ५ : ४४ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री