रोल्पाका स्थानीय तहको बेरुजु डेढ करोडसम्म « Khabarhub

रोल्पाका स्थानीय तहको बेरुजु डेढ करोडसम्म


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाका स्थानीय तहमा डेढ करोड रुपैयाँसम्म बेरुजु रहेको भेटिएको छ ।

आर्थिक बर्ष २०७५/०७६ को महालेखा परीक्षणको प्रारम्भिक प्रतिबेदनअनुसार रोल्पाका स्थानीय तहको न्युनतम १७ लाख ६३ हजार ८ सय ६४ रुपैयाँदेखि अधिक्तम १ करोड ४३ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ सम्म बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाले जनाएको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी बेरुजु सुनछ्हरी गाउँपालिकाको १करोड ४३ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ , गङगादेब गाउँपालिकाको ८८ लाख २० हजार ५ सय ९९ रुपैयाँ , रोल्पा नगरपालिकाको ८३ लाख ५८ हजार ४१ रुपैया ९६ पैसा , थवाङ गाउँपालिकाको ६१ लाख ४४ हजार २ सय ६२ रुपैया , त्रीबेनी गाउँपालिकाको ५८ लाख ३६ हजार ९ सय ४९ रुपैयाँ , रुन्टिगढि गाउँपालिकाको ५३ लाख ९५ हजार २ सय ९० रुपैयाँ , परिवर्तन गाउँपालिकाको ४६ लाख ६३ हजार ६ सय ९८ रुपैयाँ र सबै भन्दा कम लुङगरि गाउँपालिकाको १७ लाख ६३ हजार ८ सय ६४ रुपैयाँ बेरुजु रहेको र सुनिल स्मृति गाउँपालिका र माडि गाउँपालिकाको प्रतिबेदन आउन बाकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्त राज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार मलेप को कार्यालयले सम्बन्धित स्थानीय तह लाई पत्र बुझाएको ३५ दिन भित्र आवश्यक कागजात पेस गरि बेरुजु फर्छ्यौट गर्न भनेकाले बेरुजुको रकम घटन सक्ने र यो नै अन्तिम बेरुजु नभएको समेत बताए । स्थानीय तहका पदाधिकारीले बजेट कार्यान्वयन गर्दा आर्थिक नियमावलीलाई विशेष ध्यान नदिदा बेरुजुको मात्रा बढेको हुन सक्ने बताइएको छ ।

सबै स्थानीय तहको बेरुजु नियमित, पेस्की र असुली तर्फ रहेको बताइएको छ ।

गत असोजको पहिलो साता रोल्पामा रहेका एक नगरपालिका सहित १० वटा स्थानीय तहको महालेखा परीक्षण कार्य सकिएको बताइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ०४ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु