रोल्पाका स्थानीय तहको बेरुजु डेढ करोडसम्म | Khabarhub Khabarhub

रोल्पाका स्थानीय तहको बेरुजु डेढ करोडसम्म


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाका स्थानीय तहमा डेढ करोड रुपैयाँसम्म बेरुजु रहेको भेटिएको छ ।

आर्थिक बर्ष २०७५/०७६ को महालेखा परीक्षणको प्रारम्भिक प्रतिबेदनअनुसार रोल्पाका स्थानीय तहको न्युनतम १७ लाख ६३ हजार ८ सय ६४ रुपैयाँदेखि अधिक्तम १ करोड ४३ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ सम्म बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाले जनाएको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी बेरुजु सुनछ्हरी गाउँपालिकाको १करोड ४३ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ , गङगादेब गाउँपालिकाको ८८ लाख २० हजार ५ सय ९९ रुपैयाँ , रोल्पा नगरपालिकाको ८३ लाख ५८ हजार ४१ रुपैया ९६ पैसा , थवाङ गाउँपालिकाको ६१ लाख ४४ हजार २ सय ६२ रुपैया , त्रीबेनी गाउँपालिकाको ५८ लाख ३६ हजार ९ सय ४९ रुपैयाँ , रुन्टिगढि गाउँपालिकाको ५३ लाख ९५ हजार २ सय ९० रुपैयाँ , परिवर्तन गाउँपालिकाको ४६ लाख ६३ हजार ६ सय ९८ रुपैयाँ र सबै भन्दा कम लुङगरि गाउँपालिकाको १७ लाख ६३ हजार ८ सय ६४ रुपैयाँ बेरुजु रहेको र सुनिल स्मृति गाउँपालिका र माडि गाउँपालिकाको प्रतिबेदन आउन बाकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्त राज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार मलेप को कार्यालयले सम्बन्धित स्थानीय तह लाई पत्र बुझाएको ३५ दिन भित्र आवश्यक कागजात पेस गरि बेरुजु फर्छ्यौट गर्न भनेकाले बेरुजुको रकम घटन सक्ने र यो नै अन्तिम बेरुजु नभएको समेत बताए । स्थानीय तहका पदाधिकारीले बजेट कार्यान्वयन गर्दा आर्थिक नियमावलीलाई विशेष ध्यान नदिदा बेरुजुको मात्रा बढेको हुन सक्ने बताइएको छ ।

सबै स्थानीय तहको बेरुजु नियमित, पेस्की र असुली तर्फ रहेको बताइएको छ ।

गत असोजको पहिलो साता रोल्पामा रहेका एक नगरपालिका सहित १० वटा स्थानीय तहको महालेखा परीक्षण कार्य सकिएको बताइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ०४ बजे

दुर्गेशले भने– मेरो जापानको भिसा ‘रिजेक्ट’ भएको होइन

काठमाडौं – अहिले चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाले

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली– जिल्लाको भिमाद नगरपालिका-१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता

पोखरामा सीजी हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ आयोजना गर्ने

काठमाडौं– सीजी हिरो मोटोकर्पले एक्सट्रयाकको दोस्रो संस्करण पोखरामा यही शनिबार गर्ने

आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई मेडिसिटीमा १० प्रतिशत छुट 

काठमाडौं– मेडिसिटी अस्पताल र आईएमई लाइफ इन्स्युरेन्स कम्पनीबीच सहकार्यका लागि

३.८ गुणा बढी आवेदन परेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ बाँडफाँड

काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको