रोल्पाका स्थानीय तहको बेरुजु डेढ करोडसम्म « Khabarhub

रोल्पाका स्थानीय तहको बेरुजु डेढ करोडसम्म


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाका स्थानीय तहमा डेढ करोड रुपैयाँसम्म बेरुजु रहेको भेटिएको छ ।

आर्थिक बर्ष २०७५/०७६ को महालेखा परीक्षणको प्रारम्भिक प्रतिबेदनअनुसार रोल्पाका स्थानीय तहको न्युनतम १७ लाख ६३ हजार ८ सय ६४ रुपैयाँदेखि अधिक्तम १ करोड ४३ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ सम्म बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाले जनाएको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी बेरुजु सुनछ्हरी गाउँपालिकाको १करोड ४३ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ , गङगादेब गाउँपालिकाको ८८ लाख २० हजार ५ सय ९९ रुपैयाँ , रोल्पा नगरपालिकाको ८३ लाख ५८ हजार ४१ रुपैया ९६ पैसा , थवाङ गाउँपालिकाको ६१ लाख ४४ हजार २ सय ६२ रुपैया , त्रीबेनी गाउँपालिकाको ५८ लाख ३६ हजार ९ सय ४९ रुपैयाँ , रुन्टिगढि गाउँपालिकाको ५३ लाख ९५ हजार २ सय ९० रुपैयाँ , परिवर्तन गाउँपालिकाको ४६ लाख ६३ हजार ६ सय ९८ रुपैयाँ र सबै भन्दा कम लुङगरि गाउँपालिकाको १७ लाख ६३ हजार ८ सय ६४ रुपैयाँ बेरुजु रहेको र सुनिल स्मृति गाउँपालिका र माडि गाउँपालिकाको प्रतिबेदन आउन बाकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्त राज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार मलेप को कार्यालयले सम्बन्धित स्थानीय तह लाई पत्र बुझाएको ३५ दिन भित्र आवश्यक कागजात पेस गरि बेरुजु फर्छ्यौट गर्न भनेकाले बेरुजुको रकम घटन सक्ने र यो नै अन्तिम बेरुजु नभएको समेत बताए । स्थानीय तहका पदाधिकारीले बजेट कार्यान्वयन गर्दा आर्थिक नियमावलीलाई विशेष ध्यान नदिदा बेरुजुको मात्रा बढेको हुन सक्ने बताइएको छ ।

सबै स्थानीय तहको बेरुजु नियमित, पेस्की र असुली तर्फ रहेको बताइएको छ ।

गत असोजको पहिलो साता रोल्पामा रहेका एक नगरपालिका सहित १० वटा स्थानीय तहको महालेखा परीक्षण कार्य सकिएको बताइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ०४ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा