मोबाइल फोन धेरै तात्तिन्छ ? यस्ता छन् उपायहरु « Khabarhub

मोबाइल फोन धेरै तात्तिन्छ ? यस्ता छन् उपायहरु


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना प्रविधिको विकाससँगै अहिलेको समयमा मोबाइल फोनको प्रयोगकर्ताको संख्या हरेक दिन बढिरहेको छ । एक हिसाबले भन्ने हो भने स्मार्ट फोन नबोक्ने सायदै कम हुन्छन् । सबैको हात हातमा स्मार्ट फोन देख्न सकिन्छ ।

स्मार्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ ।

तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने समस्याबाट प्रयोगकर्ता हैरान हुने गरेका छन् । महंगो मूल्यमा खरिद गरिएको मोबाइलसमेत तात्ने गरेका छन् । त्यसबाट बच्नका लागि केही उपायहरु रहेका छन् ।

कभर नराख्ने

स्मार्टफोन प्रयोगकर्ताले फोनको सुरक्षाका लागि कभर राख्ने गरेका छन् । गर्मीको मौसममा घाममा हिड्नु परेमा फोनको कभर झिकेर बोक्ने । कभरले फोनमा अतिरक्त हावा र्छिनबाट रोक्छ र फोन छिटै तातिन्छ ।

डिभाइसहरुलाई छुट्टै राख्ने

गर्मीको समयमा तपाईसँग दुईवटा डिभाइस छ भने त्यसलाईसँगै राख्नु हुँदैन । दुई डिभाइसलाई एकै स्थानमा राखिएमा एकअर्काको सम्पर्कमा तापक्रम छिटो बढ्छ । धेरै मानिसहरुले ब्याअप र मोबाइलसँग राख्ने गरेका छन् । यस्तो गरिमा पनि मोबाइबल फोन सेलाउन पाउँदैन ।

एप्स र सर्भिस बन्द गर्ने

यदि फोनको ब्लूटूथ, एलटीई, वाई–फाई र जिपिएस प्रयोग नभएको अवस्थामा बन्द गर्ने । यी एप्स र सर्भिस खुल्लै राखिएमा फोनको सिस्टम चल्ने भएकाले फोन छिटै तात्छ ।

घाममा फोन नचालउने

घाममा बसेर फोन चलाउँदा फोन छिटै तात्छ । त्यसैले घामको प्रत्यक्ष सम्र्पक आउने स्थानमा सकभर फोनको प्रयोग कम गर्ने ।

चार्चबाट झिक्ने बित्तिकै नचलाउने फोन चार्च गर्दा फोन तात्छ । त्यसैले, चार्चबाट झिक्ने बित्तिकै फोनको प्रयोग गर्दा झनै छिटो तात्छ ।

गेम धेरै नखेल्ने

अन्य कार्यको तुलनामा फोनमा गेम खेल्दा फोन छिटै तात्छ । भिडियो हेर्दा, गीत सुन्दा भन्दा गेम खेल्दा फोनको तापक्रम बढ्नेका साथै ब्याट्री पनि छिटो सकिन्छ ।

लामो समय खल्तीमा नराख्ने

हामीमध्ये धेरैको फोन खल्तीमा राख्ने गरेका छौं । घर वा अफिसमा बस्दा फोन खुल्ला ठाउँमा राख्नुपर्छ । फोन खल्तीमा राख्दा शरिरको तापक्रम फोनको सम्पर्कमा आउँछ । जसका कारण फोन सेलाउन पाउँदैन ।

चार्जरको प्रयोग

तपाईंको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्याधिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ३० बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ