अज्ञात रोगले बाख्रा मरे « Khabarhub

अज्ञात रोगले बाख्रा मरे


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – दाङको बबई गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखिएको छ । अज्ञात रोगकै कारण बबई गाउँपालिका–७ का ६० भन्दा बढी बाख्रा मरेका छन् ।

सिमलकुना र रावततारा गाउँमा अज्ञात रोगका कारण ६० बढी बाख्रा मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

ज्वरो आउने, स्याँस्याँ गर्ने र सिगान छोड्ने त्यसपछि मर्ने गरेको केन्द्रका पशु प्राविधिक ध्रुव बस्नेतले जानकारी दिए ।

रोगको पहिचान गर्न नमूना परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने प्रक्रिया शुरु भएको उनले बताए ।

अहिले रोग नियन्त्रणका लागि बबई गाउँपालिकाको स्वास्थ्य शाखाको टोली खटिएको छ । केही दिन देखि त्यहाँ बाख्रामा यसरी रोग देखा परेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : १५ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ