गौतमबुद्ध क्रिकेट रङ्गशालाको डीपीआरसम्बन्धी छलफल « Khabarhub

गौतमबुद्ध क्रिकेट रङ्गशालाको डीपीआरसम्बन्धी छलफल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन बुधबार पोखरामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा डीपीआरबनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ । रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदै छ । डीपीआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।

छलफल कार्यक्रममा डीपीआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टसका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिनुभयो । विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रङ्गशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाएको छ । कार्यक्रममा सहभागीले आ–आफ्नो सुझाव दिएका थिए ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रङ्गशाला तयार हुने बताए । पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यति सहज नभएको भन्दै उनले जिल्लाबासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताए ।

परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न रु दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ । कट्टेलले रङ्गशालाका लागि बोलकबोलको रकम रु सात करोडमध्ये रु एक करोड र नबोलीकनै सोझै रु दुई करोड सङ्कलन भएको जानकारी दिए । डीपीआरका लागि हालसम्म रु दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताए ।

सो अवसरमा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमाकान्त कँडेलले फाउण्डेसनलाई रु १० लाख एक हजार १११ को चेक हस्तान्तरण गरे । यसअघि रङ्गशालाको बार स्थानीयले भत्काएपछि केही महीना काम रोकिएको थियो । हाल रङ्गशाला निर्माण स्थलमा दुबो र माटो तयार गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ०१ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न