‘शान्ति, विकास र सुरक्षाका लागि सबल असंलग्न आन्दोलन अपरिहार्य’ | Khabarhub Khabarhub

‘शान्ति, विकास र सुरक्षाका लागि सबल असंलग्न आन्दोलन अपरिहार्य’


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असंलग्न आन्दोलन (नाम)को संस्थापक राष्ट्र नेपालले शान्ति, विकास र सुरक्षाका लागि सबल एवं सक्रिय ‘नाम’ अपरिहार्य भएको बताएको छ ।

अजरबैजानको बाकुमा जारी नामको मन्त्रिस्तरीय बैठकमा नेपालले सङ्गठनका सदस्य राष्ट्रबीच एकताको भावनासहित एकअर्काको क्षमता अभिवृद्धिमा सघाउनुपर्नेमा जोड दिएको छ ।

उक्त बैठकलाई बुधबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यस्तो पारस्परिक सहयोग आफ्ना अनुभव, असल अभ्यास तथा स्रोत र साधनको उपयोग दक्षिण–दक्षिण सहयोग संयन्त्रमार्फत हुनुपर्ने बताए ।

असंलग्न आन्दोलनका सिद्धान्त नेपालको परराष्ट्र नीतिका आधारभूत तत्व हुन् भन्दै उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई मार्गदर्शन गराउने ती सिद्धान्तलाई नेपालको संविधानमा नै समाहित गरिएको बताए ।

सार्वभौमिकताका सिद्धान्त तथा राज्यहरुको समान सम्प्रभुता, भौगोलिक अखण्डता, कुनै पनि देशको आन्तरिक मामिलामा अहस्तक्षेप, अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान नै बहुपक्षीयता प्रणालीका मौलिक सिद्धान्तलाई नेपालले मान्दै आएको मन्त्री ज्ञवालीले बताए ।

“समान अधिकार, समान अवसर, समान संरक्षण र सबै राष्ट्रका सम्मानका निम्ति असंलग्न आन्दोलन हो,” नामका लक्ष्य र उद्देश्य स्मरण गराउँदै परराष्ट्रमन्त्रीले भने ।

निर्धारित समयभित्रै दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सामयिक सुधार महत्वपूर्ण हुनेमा जोड दिँदै उनले उक्त प्रणालीलाई अझ प्रजातान्त्रिकीकरण गर्न उदार, पारदर्शी एवं निष्पक्ष तुल्याउनुपर्ने बताए ।

परराष्ट्रमन्त्रीले भने “व्यापार र लगानी आर्थिक वृद्धिका साधनमात्र होइनन् समावेशी वृद्धि र दिगो विकास सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम हुन् । अतः अन्तर्राष्ट्रिय व्यापार र लगानी व्यवस्था सर्वव्यापी, खुला, निष्पक्ष, विधिमा आधारित, अनुमानयोग्य र भेदभावरहित हुनुपर्छ जसबाट सबै देश समानरुपमा लाभान्वित हुनेछन् ।”

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न त्यससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्नु नेपालको राष्ट्रिय प्राथमिकता भएको, अल्पविकसित राष्ट्रबाट देशलाई विकासशीलमा रुपान्तरण गर्न नामसदस्यसहित अन्तर्राष्ट्रिय सहायताको अपेक्षा गरिएको उनले बताए । “त्यसनिम्ति हामीले सार्वजनिक–निजी साझेदारी गरेका छौँ, हामीलाई हाम्रो विकासका अन्तर्राष्ट्रिय साझेदारबाट थप सहयोग र साथमात्र होइन आवश्यक स्रोत, लगानी र प्रविधि पनि चाहिएको छ”, उनले भने ।

नेपालीले आफैँ निष्कर्षमा टुङ्ग्याएको शान्तिप्रक्रिया, नयाँ संविधानको घोषणापछि दिगो विकास र आर्थिक रुपान्तरणका प्राथमिकताबारे पनि मन्त्री ज्ञवालीले बैठकमा जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ०० बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन