अन्नपूर्ण आधार शिविरमा हिउँ पहिरोले पुरिएर एक जनाको मृत्यु « Khabarhub

अन्नपूर्ण आधार शिविरमा हिउँ पहिरोले पुरिएर एक जनाको मृत्यु


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकामा हिउँमा पुरिएर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा–५स्थित पस्र्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ । कास्कीको अन्नपूर्ण–११ स्थित देउराली बेस क्याम्पनजिक बगरमा तीन पोखरेली युवक हिउँको चट्टान फुटेर पुरिएपछि दुई जनाको उद्धार गरी पोखरा ल्याइएको छ ।

उनीहरु सो क्षेत्र घुम्नका लागि गएका थिए । उद्धार गरी पोखरा ल्याइएका पोखरा–११ बस्ने २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ बस्ने १८ वर्षीय निरञ्जन कोइरालालाई पोखरा मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा घान्द्रुकबाट प्रहरी टोली खटाइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : १२ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी