कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो । साविकको सिङ्गो रुकुम जिल्ला हुँदा रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो ।

रुकुम जिल्ला अदालतले समर्पनलाई पाँच महिना २१ दिन, ओमप्रकाश र आकाशलाई पाँच महिना २२ दिन र दीपकलाई पाँच महिना २४ दिन कैद र जनही २०/२० जरिवाना तोकेको थियो ।

त्यतिबेला फरार भएका उनीहरुलाई लामो समयपछि प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरबहादुर सुनारले बताए ।

उनका अनुसार शुक्रबार पक्राउ परेका उनीहरुमध्ये श्रीमान् भनिने समर्पन बुढालाई शुक्रबार रुकुमपश्चिम कारागारमा पठाइएको छ । समय अभाव र शनिबार परेकाले बाँकी तीन जनालाई कारागार चलानका लागि जिल्ला कारागार रुकुमपश्चिममा पठाइने बताइएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ३१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्