अस्ट्रेलियामा नेपाली दम्पत्तीबीचको झगडामा एकको मृत्यु « Khabarhub

अस्ट्रेलियामा नेपाली दम्पत्तीबीचको झगडामा एकको मृत्यु


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– श्रीमान श्रीमतीबीचको झगडाले उग्ररुप लिँदा अस्ट्रेलियाको सिड्नीमा एक जनाको मृत्यु भएको छ ।

नेपाली दम्पत्तीबीचको पारिवारिक विवादका क्रममा बुटवलका सन्तोष गौतमको हत्या भएको हो । हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहिसमय अघिदेखि पारिवारिक रुपमा खटपटमा रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति भएको थियो ।

जसले एकको ज्यानै गएको छ । एनएसडब्लु प्रहरीका अनुसार शनिबार बेलुका ग्रानभिलको घरमा झगडा भएपछि घाईते भएका ३४ बर्षका युवालाई पारामेडिक्सले स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचार गराएर ग्रानभिल प्रहरी चौकीमा उपस्थित गराइएको थियो ।

स्थानीय प्रहरीले यस घटनालाई घरेलु हिंसाको रुपमा अनुसन्धान गरिरहेको छ । घटना पछि गौतमलाई स्थानीय पारामाटा अदालतमा उपस्थित गराउने तयारी छ ।

उनीमाथी व्यक्ति हत्याको मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : १४ बजे

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद

ताइवानसँगको ८० वर्ष पुरानो सम्बन्ध तोड्दै होन्डुरसद्वारा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ- जनगणतन्त्र चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध

गुराँस लाइफ इन्सुरेन्सले नाफाबाट बोनस सेयर वितरण गर्ने

काठमाडौँ- गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ

चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ : प्रबन्ध निर्देशक झा

भक्तपुर – शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै

विद्युत आपूर्ति प्रणालीमा सुधार आवश्यक छ

सबैभन्दा पहिला हाम्रो आपूर्ति प्रणाली बारे थाहा पाउनु आवश्यक हुन्छ।