अस्ट्रेलियामा नेपाली दम्पत्तीबीचको झगडामा एकको मृत्यु « Khabarhub

अस्ट्रेलियामा नेपाली दम्पत्तीबीचको झगडामा एकको मृत्यु


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– श्रीमान श्रीमतीबीचको झगडाले उग्ररुप लिँदा अस्ट्रेलियाको सिड्नीमा एक जनाको मृत्यु भएको छ ।

नेपाली दम्पत्तीबीचको पारिवारिक विवादका क्रममा बुटवलका सन्तोष गौतमको हत्या भएको हो । हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहिसमय अघिदेखि पारिवारिक रुपमा खटपटमा रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति भएको थियो ।

जसले एकको ज्यानै गएको छ । एनएसडब्लु प्रहरीका अनुसार शनिबार बेलुका ग्रानभिलको घरमा झगडा भएपछि घाईते भएका ३४ बर्षका युवालाई पारामेडिक्सले स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचार गराएर ग्रानभिल प्रहरी चौकीमा उपस्थित गराइएको थियो ।

स्थानीय प्रहरीले यस घटनालाई घरेलु हिंसाको रुपमा अनुसन्धान गरिरहेको छ । घटना पछि गौतमलाई स्थानीय पारामाटा अदालतमा उपस्थित गराउने तयारी छ ।

उनीमाथी व्यक्ति हत्याको मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : १४ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा