गुड्दा-गुड्दै बाइकको क्लच बिग्रिए पनि सकिन्छ चलाउन (केही टिप्स) « Khabarhub

गुड्दा-गुड्दै बाइकको क्लच बिग्रिए पनि सकिन्छ चलाउन (केही टिप्स)


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यात्राको क्रममा गुड्दा गुड्दै मोटरसाइकलको क्लच बिग्रिए के गर्ने भनेर धेरैलाई चिन्ता हुने गर्छ । बाइक धकेलेर वर्कशपसम्म पुर्‍याउनुपर्दा चालकले ठूलो झञ्झट व्यहोर्नुपर्छ ।

तर क्लच बिना पनि बाइक चलाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । यी केही उपाय अपनाउनुभयो भने क्लच बिग्रिए पनि तपाईं मोटरसाइकल चलाएरै ग्यारेजसम्म पुग्न सक्नुहुन्छ ।

खुला स्थान हेरेर बाइक स्टार्ट गर्नुस्

यात्रा गर्दागर्दै बाइकको क्लच बिग्रिएको अवस्थामा बाइकलाई सडकको बायाँ किनारमा लग्नुस् । खुल्ला स्थानमा बाइकलाई लगरे बाइक स्टार्ट गर्नुहोस् । विना क्लच बाइकमा गियर दिदा अगाडि हुत्तिन सक्ने सम्भावना बढी हुने भएकाले खुला ठाउँ तपाईका लागि उपयुक्त हुनसक्छ । बाइकलाई न्यूटलमा राखेर स्टार्ट गर्दै ध्यानपूर्वक एक गियरमा राख्नुहोस् ।

एक्सलेरेटर

जब क्लचले काम गर्दैन, त्यतिबेला एक्सलेरेटरमा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ । विना क्लच बाइकलाई गियरमा राख्दा स्टार्ट बन्द हुने सम्भावना धेरै हुन्छ । बाइक स्टार्टसँगै तपाईंले हल्का एक्सलेरेटर पनि दिनु पर्ने हुन्छ । यदि एक्सलेरेटर दिनु भएन भने स्टार्ट बन्द हुन्छ ।

स्पीड

क्लच बिग्रिएको अवस्थामा बाइक सामान्य गतिमा मात्र चलाउनुपर्छ । बाइकलाई २० देखि २५ को गतिभन्दा माथि नचलाउनुहोस् जसले तत्काल रोक्न परेपनि तपाईलाई कुनै समस्या नहोस् । कम स्पीडमा बाइक कन्ट्रोल गर्न सजिलो हुनेछ ।

भीडभाडमा नजानुस्

क्लच बिग्रिएको बाइक भीडभाड तथा ज्यादा ट्राफिक भएको स्थानतिर नचलाउनुहोस् । गियर चेञ्ज धेरै गर्नुपर्ने यस्ता क्षेत्रमा बाइक चलाउँदा अत्याधिक मात्रामा क्लचको पनि प्रयोग गर्नुपर्ने हुन्छ । खुल्लाबाटो भएर जाने नजिकको वर्कसप छनोट गरि बाइक मर्मत गर्न सक्नु हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ६ : ०८ बजे

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२