यस्तो समस्या छ ? नपिउनुस् कागती पानी « Khabarhub

यस्तो समस्या छ ? नपिउनुस् कागती पानी


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ ।

कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्‍याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ । अरु के के बेफाइदा गर्छ त कागतीले ?

१. पेट खराब हुने

यदि तपाई दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।

२. दाँत झन्झनाउने
कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।

३ .डिहाइड्रेसन

कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।

४. माइग्रेन र टाउको दुख्ने

कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।

५. मिर्गौला र पित्ताशयको थैलीको समस्या

कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।

६. छाला डढ्ने

हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ४७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले