मन्त्रिपरिषद पुनर्गठन असहमतिबारे समाजवादीले सरकारसँग वार्ता गर्ने « Khabarhub

मन्त्रिपरिषद पुनर्गठन असहमतिबारे समाजवादीले सरकारसँग वार्ता गर्ने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सँग वार्ताका लागि समिति गठन गरेको छ ।

शनिवार बसेको समाजवादी पार्टीको पदाधिकारी वैठकले प्रधानमन्त्रीद्वारा समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रीमण्डल पुनर्गठन गरेको र यो संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले भन्दै गम्भीर असहमति प्रकट गरेको छ ।

असहमत भएका विषय र सरकारमा सहभागी हुने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १२ : ३० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका