मेडिकल विद्यार्थीको आन्दोलनमा सत्तारुढ दल निकटको विद्यार्थी संगठनको ऐक्यवद्धता « Khabarhub

मेडिकल विद्यार्थीको आन्दोलनमा सत्तारुढ दल निकटको विद्यार्थी संगठनको ऐक्यवद्धता


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न मेडिकल कलेजहरुमा शुल्कको विषयमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले ऐक्यवद्धता जनाएको छ ।

नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूले विज्ञप्ती निकाल्दै नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज चितवन मेडिकल कलेजमा आन्दोलन गर्ने विद्यार्थीमाथि दमन, षडयन्त्र र ज्यान मार्ने धम्मी आएको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियूले शुल्क फिर्ताको माग गर्ने विद्यार्थीलाई कलेज प्रशासनले हातपात गरेको र होस्टलमा बस्न रोक लगाएको भन्दै विरोध जनाएको छ ।

अनेरास्ववियूले बढी शुल्क लिएका मेडिकल कलेजलाई सरकारले तोकेको मितिभित्र शुल्क फिर्ता गर्न आग्रह समेत गरेको छ ।

सरकारले तोकेको मितिभित्र मेडिकल कलेजले शुल्क फिर्ता नगरे मेडिकल विद्यार्थीको माग अनुसार आफुहरुले पनि समेत कडा आन्दोलन शुरु गर्ने अनेरास्ववियूले चेतावनी समेत दिएको छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ०० बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको