तमोर र पश्चिमको माडी जलाशयुक्त आयोजनाको काम छिट्टै अगाडि बढाइने « Khabarhub

तमोर र पश्चिमको माडी जलाशयुक्त आयोजनाको काम छिट्टै अगाडि बढाइने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पूर्वको तमोर जलाशयुक्त आयोजना र पश्चिमको माडी जलाशयुक्त आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सरकारी स्वामित्वको हाइड्रोइलेक्टिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर चाइनका बीचमा ती आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आइतबार आफूसँग शिष्टाचार भेटका लागि आएकी नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रपतिको राजकीय भ्रमणका क्रममा भएको समझदारीअनुसार आयोजनाको काम शुरु हुने बताए ।

मन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र ऊर्जा र जलविद्युत्को क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने जनाए ।

मन्त्री पुनले नेपाल चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले ६० मेगावाट क्षमता भएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवादसमेत दिए । सो आयोजनाको प्रमुख निर्माण कम्पनीका रुपमा चिनियाँ कम्पनी गेजुवा रहेको थियो ।

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्शन परियोजनामा चिनियाँ ऋण सहयोगका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया शुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतलाई आग्रह गरे । उनले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताको सङ्ख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्णरुपमा सहजीकरण गरिरहेको बताए ।

भेटमा चिनियाँ राजदूत यान्छीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नेपाल सरकारसँग सहकार्यका लागि इच्छुक रहेको बताइन् । उनले चिनियाँ कामदारले व्यहोरिरहेको प्रवेशाज्ञाको समस्या, नीतिगत, बिजुलीको महसुल दरजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरिन् । साथै ऊर्जा संयन्त्रको बैठकका लागि आफूले सरोकारवाला निकायसँग छलफल गरेर बैठकको मिति चाँडै टुङ्गो लगाउने जानकारी दिइन् ।

चिनियाँ राजदूतले मन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा राखिन् । ‘चीनबाट गभर्नर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत् र ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ,’ राजदूत यान्छीले भेटमा भनिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : ४४ बजे

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल

संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले

राष्ट्रियसभाको बैठक सुरू

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा

ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभाबी पार्किङ गरेका सवारी हटाउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू ड्युटीमा फर्किएका छन् ।  गणेश नेपालीको