प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता « Khabarhub

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूलाई दुवै सुरक्षा संगठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही असार २३ देखि २४ गतेसम्म उक्त सम्मेलन भएको थियो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र प्रहरी सङ्गठनबीचको सम्बन्ध, नयाँ प्रविधिको उपयोग, अन्तराष्ट्रिय सहयोग, संगठनमा लैङ्गिक उत्तरदायित्व, भाषा र प्रशिक्षण तथा उच्चस्तरीय सञ्जाल निर्माणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सम्मेलनका क्रममा न्युर्योक रहँदा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उक्त  सम्मेलनमा भाग लिन उनीहरू यही असार २१ गते त्यसतर्फ गएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ५९ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल