सेनाले विज्ञान तथा प्रविधि प्रतियोगिता आयोजना गर्ने « Khabarhub

सेनाले विज्ञान तथा प्रविधि प्रतियोगिता आयोजना गर्ने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता २०७७ को आयोजना गर्ने भएको छ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाहरुलाई पहिचान गरी प्रोत्साहन गर्ने उद्देश्यले सेनाले सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसअघि यस्तो प्रकारको प्रतियोगिता २०७० सालको चैत महिनामा आयोजना गरिएको थियो ।

सेनाले यस पटक आगामी वैशाख (२०७७ साल)मा प्रतियोगिता गर्न लागेको हो । आगामी वैशाख १९ र २० गते चल्ने उक्त प्रतियोगितामा सुरक्षा प्रविधि, वातावरण तथा संरक्षण प्रविधि, आन्तरिक सुरक्षा प्रविधि, विपद जोखिम न्यूनिकरण प्रविधि लगायत विषयहरु समावेश हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त प्रयोगशालामा विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रतिस्पर्धीको रुपमा सहभागी हुने पाउने सेनाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनेहरुलाई ४ वटा समूहमा विभाजन गरिने छ ।

यस्ता समूहमा कक्षा १२ सम्मका विद्यार्थी, स्नातक तहसम्मका विद्यार्थी, व्यवसायिक व्यक्ति तथा संस्था र नेपाली सेना हुनेछन् ।

प्रतियोगितामा सहभागी हुनेमध्ये व्यवसायिक व्यक्ति तथा संस्था समूहबाट प्रथम हुनेलाई ३ लाख, द्वितीय हुनेलाई १ लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार प्रदान गरिने छ ।

यस्तै, स्नातक तहसम्मका विद्यार्थीको समूहबाट प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख र तृतीय हुनेलाई ५० हजार प्रदान गरिने छ ।

कक्षा १२ सम्मका विद्यार्थीहरुको समूहबाट प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई २५ हजार प्रदान गरिने छ ।

यस्तै, नेपाली सेनाबाट भाग लिने प्रतिस्पर्धीहरुको समूहबाट प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार प्रदान गरिने छ ।

यस्ता प्रकारको प्रयोगशाला तथा प्रतियोगिताबाट नेपालको मुख्य चुनौतीका रुपमा रहेको वौद्धिक पलायनको समस्यालाई हल गर्ने नेपाली सेनाको विश्वास छ । साथै, आगामी वैशाखमा हुन लागेको प्रयोगशालाबाट सैनिक आवश्यकताको विज्ञान तथा प्रविधि नेपालमा नै अध्ययन÷अनुसन्धान गरी सोको विकास एवम् बजार विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने पनि सेनाको विश्वास छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ४ : १० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज