सेनाले विज्ञान तथा प्रविधि प्रतियोगिता आयोजना गर्ने | Khabarhub Khabarhub

सेनाले विज्ञान तथा प्रविधि प्रतियोगिता आयोजना गर्ने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता २०७७ को आयोजना गर्ने भएको छ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाहरुलाई पहिचान गरी प्रोत्साहन गर्ने उद्देश्यले सेनाले सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसअघि यस्तो प्रकारको प्रतियोगिता २०७० सालको चैत महिनामा आयोजना गरिएको थियो ।

सेनाले यस पटक आगामी वैशाख (२०७७ साल)मा प्रतियोगिता गर्न लागेको हो । आगामी वैशाख १९ र २० गते चल्ने उक्त प्रतियोगितामा सुरक्षा प्रविधि, वातावरण तथा संरक्षण प्रविधि, आन्तरिक सुरक्षा प्रविधि, विपद जोखिम न्यूनिकरण प्रविधि लगायत विषयहरु समावेश हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त प्रयोगशालामा विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रतिस्पर्धीको रुपमा सहभागी हुने पाउने सेनाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनेहरुलाई ४ वटा समूहमा विभाजन गरिने छ ।

यस्ता समूहमा कक्षा १२ सम्मका विद्यार्थी, स्नातक तहसम्मका विद्यार्थी, व्यवसायिक व्यक्ति तथा संस्था र नेपाली सेना हुनेछन् ।

प्रतियोगितामा सहभागी हुनेमध्ये व्यवसायिक व्यक्ति तथा संस्था समूहबाट प्रथम हुनेलाई ३ लाख, द्वितीय हुनेलाई १ लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार प्रदान गरिने छ ।

यस्तै, स्नातक तहसम्मका विद्यार्थीको समूहबाट प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख र तृतीय हुनेलाई ५० हजार प्रदान गरिने छ ।

कक्षा १२ सम्मका विद्यार्थीहरुको समूहबाट प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई २५ हजार प्रदान गरिने छ ।

यस्तै, नेपाली सेनाबाट भाग लिने प्रतिस्पर्धीहरुको समूहबाट प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार प्रदान गरिने छ ।

यस्ता प्रकारको प्रयोगशाला तथा प्रतियोगिताबाट नेपालको मुख्य चुनौतीका रुपमा रहेको वौद्धिक पलायनको समस्यालाई हल गर्ने नेपाली सेनाको विश्वास छ । साथै, आगामी वैशाखमा हुन लागेको प्रयोगशालाबाट सैनिक आवश्यकताको विज्ञान तथा प्रविधि नेपालमा नै अध्ययन÷अनुसन्धान गरी सोको विकास एवम् बजार विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने पनि सेनाको विश्वास छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ४ : १० बजे

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा संकटमा

एजेन्सी– भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा

४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको

सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी

देवदह– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी

प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर

मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं– मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई  म्याद थपका लागि