ट्याक्सीको नयाँ मापदण्डले उपभोक्ता मारमा ! « Khabarhub

ट्याक्सीको नयाँ मापदण्डले उपभोक्ता मारमा !


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ । नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् ।

विभागले नयाँ नम्बर प्लेट खोल्नेसम्बन्धी कुनै निर्णय विभागले गरेको छैन तर २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउँदा यो मापदण्ड लागू हुने जनाएको छ ।

नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । १२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ । त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ ।

विभागमा महानिर्देशक गोनबहादुर हमालले नयाँ मापदण्डले ट्याक्सीको सेवालाई गुणस्तरीय बनाउने दावी गरे । ट्याक्सीको सेवाबारे धेरै जनगुनासो आएकाले नयाँ मापदण्ड तय गरिएको उनको भनाइ छ ।

अबका ट्याक्सीमा सुरक्षा फिचर्स अनिवार्य गरिनेछन् । यस्तै ट्याक्सीभित्रै विभिन्न स्मार्ट प्रणाली र प्रविधिहरु पनि अनिवार्य गर्न लागिएको छ । हाल सञ्चालनमा रहेका ट्याक्सीमा कुनै आधुनिक फिचर्स छैनन् । अब नयाँ मापदण्डअनुसार ट्याक्सीहरुमा अनिवार्य रुपमा विदेशमा जस्तै नेभिगेसनसहितका स्मार्ट प्रविधि जडान गर्नुपर्ने हुन्छ ।

महंगो पर्ने !

ट्याक्सीको नयाँ मापदण्डले ट्याक्सी सेवा महंगो पर्ने देखिएको छ । यसले गर्दा उपभोक्ता मारमा पर्नेछन् । १२०० सिसिका ट्‍याक्सी खरिद गर्दा खरिददर महँगो पर्ने, इन्धन धेरै जाने र भाडादरपनि महँगो हुने भएकोले सर्वसाधारण र न्यून आय भएका जनताले खरिद गरेर सञ्‍चालन गर्ने सम्भावना न्यून रहेको ट्याक्सी व्यवसायीको भनाइ छ ।

त्यसैगरी, मूल्यमा पनि ठूलो अन्तर छ । नयाँ ट्याक्सीको मुल्य करिब ३० लाखसम्म पर्छ भने पुरानाको जम्मा लगभग १८ लाख जति पर्न जान्छ । ट्याक्सीमा लागू गरिएको यस नियमले व्यवसायीलाई पनि ठूलो झट्का दिने देखिएको छ ।

नयाँ मापदण्डका के छन् विशेषता ?

विभागले तोकेको नयाँ मापदण्ड अनुसार १२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ। त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ ।

बिजुलीबाट चल्नेमा अपग्रेड गर्न मिल्ने

विभागले बिजुली ट्याक्सीको लागि छुट्टै मापदण्ड बनाएको छ। बिजुली ट्याक्सी दर्ता गर्दा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार हुनुपर्ने छ। त्यस्तै, यसमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हुनुपर्ने मापदण्डमा उल्लेख छ।

विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो। मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठाएको थियो ।

सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार छ । काठमाडौंमा हाल ९ हजार ट्याक्सी दर्ता भएर सञ्चालनमा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  २ : ५२ बजे

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध