पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी आइतबारदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् ।

उनी निजी भ्रमणको सिलसिलामा आइतबार रुपन्देहीको भैरहवा लगायत अन्य जिल्लाको भ्रमणमा निस्किन लागेको उनको निजी सचिवालयले जानकारी दिएको हो ।

पछिल्लो समय पूर्वराजा शाहले धार्मिक भ्रमणलाई तीव्रता दिँदै आएका छन् । भ्रमणका क्रममा उनले त्यहाँका स्थानीयसँग भेटघाट तथा मरामर्श समेत गर्ने गरेका छन् ।

केही दिन अघि उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह सहित काठमाडौंको दरबारमार्गस्थित किंग्स लाउन्ज पुगेका उनले राष्ट्रिय गीतमा नाचेको भिडियोले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : १९ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।