सिरहा र सर्लाहीमा उपनिर्वाचनको नमूना मतदान « Khabarhub

सिरहा र सर्लाहीमा उपनिर्वाचनको नमूना मतदान


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- मंसिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी उपनिर्वाचन हुने सिरहा र सप्तरीका दुई स्थानमा आज नमूना मतदान गरिएको छ ।

समग्र विकास सेवा केन्द्रद्वारा आज सिरहाको कल्याणपुर नगरपालिका–१२ मा करिब २०० ले र सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा १५० ले नमूना मतदान गरेका छन् ।

कल्याणपुर–१२ स्थित मावि परिसरमा आयोजना गरिएको नमूना मतदानको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले निरीक्षण गरेका थिए ।

यस्तै सप्तरीको छिन्नमस्ता–७ को नमूना मतदानको जिल्ला मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवाली, जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलीप यादवलगायतले निरीक्षण गरेका थिए ।

अघिल्ला निर्वाचनहरुमा मत बदरको सङ्ख्या बढी देखिएकाले मतदाताहरुलाई सचेत बनाउन नमूना मतदान गराइएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ३४ बजे

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ