विप्लव समूहका १६५ जना सत्तारुढ नेकपा प्रवेश « Khabarhub

विप्लव समूहका १६५ जना सत्तारुढ नेकपा प्रवेश


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- उपनिर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दल र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकमा आइतबार आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने ३९४ लाई सांसद महेश बस्नेतले टीका, खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा चन्द समूहका युवाहरु नेकपामा प्रवेश गरेका हुन्। नेकपा प्रवेश गर्नेमा चाँगुनारायण इञ्जिनियरीङ कलेजका २१ इञ्जिनीयरसहित नेपाल तरुण दलका नेता विशाल थापा र जीवन श्रेष्ठको नेतृत्वमा ५७ तरुण युवा, नेपाली काँग्रेसका सन्तोष खत्री, लक्ष्मण ढुङ्गेल, रामेश्वर गौतम, केवल लामिछाने लगायत रहेका छन् ।

त्यसैगरी नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा चाँगुनारायण क्षेत्रका रामप्रसाद लागेजू, राजेन्द्र लिगल, नातिकाजी लागेजू, हरिचन्द्र गैडा, सुरेन्द्र लागेजू, महेन्द्र लागेजू र सुनिल लिगलको नेतृत्वमा १८ जना रहेको नेकपा अध्यक्ष बचन देउजाले जानकारी दिए । त्यस्तै राप्रपा युवक सङ्गठनका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक प्रकाश लामिछानेको नेतृत्वमा राप्रपाका अपाङ्ग समन्वय समितिका केन्द्रीय उपाध्यक्ष कृष्णभक्त लागेजूसहित १६ जनाले नेकपा प्रवेश गरेका छन् ।

चन्द समूहको भ्रातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठनका केन्द्रीय कोषाध्यक्ष राकेश श्रेष्ठको नेतृत्वमा चाँगुनारायण नगरपालिकाका विभिन्न वडा, मध्यपुरथिमिका र मोरङ जिल्ला कमिटी सदस्य गणेश बहादुर पण्ठासहित १६५ जनाले विप्लव समूह त्यागेर नेकपा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ३० बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा