साग खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आउँदै « Khabarhub

साग खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आउँदै


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुग्ने भएको छ ।

बुधबारदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुने साग अन्तरगतको पुरुष तथा महिला भलिबल खेल्ने बंगलादेशी टोली सोमबार बिहान ११ बजेर ४५ मा काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

साग अतिथि सत्कार कमिटिकी संयोजक अनन्ता देवी खनालका अनुसार बंगलादेशको टोली सोमबार आउने टुङ्गो लागेको हो । बंगलादेशबाट ३० सदस्यीय टोली काठमाडौं आउन लागेको संयोजक खनालले बताइन् ।

अन्य ४ टोली कहिले आउने भन्ने एकिन नभएको खनालले बताइन् । साग अगाडि हुने खेलमध्ये भलिबल बुधबारदेखि शुरु हुनेछ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल पुरुष र महिला भलिबलमा समूह ए मा रहेको छ । पुरुष र महिला भलिबलमा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् ।

आयोजक नेपालले यसअघि नै पुरुष र महिला भलिबल टोलीको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको