पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने स्थानीयको माग जायजः सभापति देउवा « Khabarhub

पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने स्थानीयको माग जायजः सभापति देउवा


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्र्याएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताएका छन् ।

कांग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले जनताको मागअनुसारकै संरचना हुनुपर्ने भन्दै पश्चिम बागलुङको मागमा आफ्नो पार्टीको समर्थन रहने बताए ।

पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने भन्दै कांग्रेस त्यस क्षेत्रमा क्रियाशील नेताहरुले बेलाबेलामा आवाज उठाउँदै आएका छन् ।

अहिले देशभर चलिरहेको राष्ट्रियताको सङ्घर्षमा सरकारले सोचेजस्तो पहलकदमी नगरेको बताउँदै देउवाले कूटनीतिक तवरबाट सिमानाको विवाद टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसारका सिलसिलामा आयोजना भएको आमसभामा देउवाले उत्तरगङ्गा जलाशययुक्त आयोजना बागलुङतर्फ नै बनाउनका लागि आफूले पहल गर्ने बताए ।

“उत्तरगङ्गा कहाँ बन्ने भन्नेमा विवाद रहेको छ”, उनले भने, “यो आयोजना बागलुङतर्फ नै बनाउनका लागि हाम्रो दलले पहल गर्छ ।”

मध्यपहाडी लोकमार्गको कामलाई तीव्र बनाउन र सालझण्डी ढोरपाटन लोकमार्गको काम थालनीका लागि पार्टीले दबाब सिर्जना गर्ने उनको भनाइ थियो । पश्चिम बागलुङसँग जोडिएका गौरवका आयोजना ओझेलमा रहेको भन्दै देउवाले जनताको हितमा हुनै जुनसुकै काममा कांग्रेसले साथ दिने बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रजातन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाए ।

“सरकार राम्राभन्दा पनि नराम्रा काम गर्दै गएको छ”, नेता पौडेलले भने, “यस्तै चालले अबको तीन वर्षमा देश पूर्ण खतरामा जाने सङ्केत देखिएको छ ।”

उनले भारतसँगको सीमा विवादलाई सङ्केत गर्दै गाउँगाउँमा सरकारको विरोध भइरहेको भन्दै अबको दिनमा सरकार नेतृत्वले कूटनीतिक क्षमता प्रर्दशन गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा सशाङ्क कोइरालाले आफ्ना उम्मेदवारलाई जिताए मात्र गाउँ समाजमा समृद्धि आउने बताए ।  चुनावीसभामा कांग्रेसका युवा नेता गगन थापा, प्रदीप पौडेललगायतले पनि आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : ०३ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी