प्रहरीद्वारा चितवनमा २२ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट | Khabarhub Khabarhub

प्रहरीद्वारा चितवनमा २२ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको पहाडी क्षेत्रमा ठूलो परिमाणमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ ।

प्रहरीले चार दिनसम्म सो क्षेत्रमा शिविर खडा गरेर गाँजा खेती नष्ट गरेको हो । पूर्वपश्चिम राजमार्गबाट उत्तरपूर्वी क्षेत्र राप्ती नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ मा गाँजा फँडानी गरिएको हो ।

चार दिनको अवधिमा साढे २२ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताउनुभयो । पाण्डेकै नेतृत्वमा राप्ती नगरपालिका–१० चौघरास्थित राष्ट्रिय आधारभूत विद्यालयमा प्रहरीले चारदिनसम्म शिविर खडा गरेर बसेको थियो ।

गाँजा फँडानीका लागि नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १५ सहित ४६ सुरक्षाकर्मी खटिएका थिए । भदौ महिनायता मात्र गाँजा खेती नष्ट गर्नका लागि विभिन्न चरणमा ३०० प्रहरी परिचालन गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

राप्ती नगरपालिकाकोे वडा नम्बर ११ को ज्यामलिङ, ल्याङलिङ, वडा नम्बर १२ को लिपुटार, गोनवाङ र वडा नम्बर १३ को वाङसेलिङमा गाँजा फँडानी गरिएको पाण्डेले बताए । उनले भूगोल विकट भएका कारण गाँजा खेती नष्ट गर्न समस्या भएको बताए । “बिहान शिविरबाट खाना खाएर निस्कने हो, दिनभर फँडानी गरेपछि बेलुका मात्रै फर्कने गरेका छौँ”, उनले भने ।

उनले आधारभूत विद्यालयबाहेक अन्य ठाँउमा खान र बस्ने सुविधा नभएकाले समस्या भएको बताए ।

“जहाँ गाँजा खेती देख्छौँ त्यहाँ फँडानी गर्ने गरेका छौँ”, उनले भने, “हामी पुग्न नसकेका पनि अझै धेरै ठाँउ छन् ।” शनिबार मात्र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफैँ उपस्थित भएर गाँजा फँडानी गरेका थिए । सो क्रममा राप्ती नगरपालिका–१० कोटडाँडाको साढे तीन बिघा क्षेत्रमा गाँजा खेती नष्ट गरिएको थियो ।

प्रजिअ बस्नेतले पहाडी क्षेत्रमा लगाएको गाँजा खेती देखेर आफू अचम्ममा परेको बताए । उनले भने, “मैले सुनेको मात्रै थिएँ बिघौँ जग्गामा व्यावसायिकरूपमा गाँजा खेती गर्ने गरिएको छ । तर आफ्नै आँखाले देखेँ ।”

उनले गाँजा खेती कसले गरेको भन्नेबारे नखुलेको बताए । “लगाउने मान्छे देखिँदैन”, उनले भने, “स्थानीय कसैले पनि ‘मेरो बारी हो, मैले लगाएको हो’ भन्दैन ।”

प्रहरी प्रशासनको उपस्थिति भइरहँदा स्थानीय जनप्रतिनिधिको भने सहभागिता थिएन । जनप्रतिनिधि पनि यस विषयमा खुल्न चाहँदैनन् । “स्थानीय जनप्रतिनिधिको आकांक्षा सुरक्षाकर्मी मात्र गएर फाँडिदिए हुन्थ्यो भन्ने छ”, प्रजिअ बस्नेतले भने, “यसमा सम्बन्धित वडाले आफ्नो वडाका नागरिकलाई सचेतना अविवृद्धि गर्नुपर्ने देखिन्छ ।” प्रतिबन्धित वस्तुको उत्पादन गर्नहुन्न भन्ने विषयमा यहाँका सर्वसाधारणलाई जानकारी हुन जरुरी रहेको उनको धारणा छ ।

चितवनका प्रहरी प्रमुख, उपरीक्षक दानबहादुर मल्लले स्थानीय र जनप्रतिनिधिको आग्रहअनुसार नै आफूहरु अनुगमनमा गएको बताए  । चितवनमा सयौँ बिघा क्षेत्रफलमा गाँजा खेती भएको भन्ने विभिन्न सञ्चारमाध्याममा समाचार प्रकाशन भएपछि पछिल्लो समय चितवन प्रशासनले सक्रियता बढाएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ४६ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै