कृषकले अलैँचीको लागत उत्पादन पनि पाएनन् « Khabarhub

कृषकले अलैँचीको लागत उत्पादन पनि पाएनन्


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् ।

गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७५० क्विन्टल बिक्रीबाट कृषहरुले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

यहाँका कृषकले १३ करोड रुपैयाँसम्म आम्दानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा उत्पादित ६ सय क्विन्टल बिक्रीबाट चार करोड ४८ लाख रुपैयाँ आम्दानी भएको थियो ।

जिल्लामा यस वर्ष सबैभन्दा बढी अलैँची उत्पादन गरेका दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले आठ क्विन्टल अलैँची उत्पादन गरे ।

केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले विस्तारै राम्रो आम्दानी गर्न नसकेपछि निराश बन्दै गएका बेला यस वर्ष राम्रो आम्दानी भएपछि केही आशा जागेको उनले बताए ।

उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अध्यक्ष अजय तामाङले जानकारी दिए । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार २ सय रुपैयाँसम्म अलैँची दाना बिक्री गरेका थिए । तर त्यसयता सो रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् ।

यस वर्ष प्रतिकिलो ६ सय रुपैयाँका दरले अलैँची बिक्री गरेका छन् । अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो एक हजार हुनुपर्ने माग गर्दै आए पनि यो मूल्यमै अलैँची बिक्री गर्न बाध्य हुँदै आएका छन् ।

उनले जिल्लामा ७ सय मिटरदेखि एक हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २ सय मिटरदेखि एक हजार ६ सय मिटर उचाइमा गोलशाही र एक हजार ६ सयदेखि दुई हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको जानकारी दिए ।

जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ ।

जिल्लामा एक नगरपालिका र चार गाउँपालिकालाई अलैँची जोन क्षेत्रसमेत घोषणा गरिएको छ । बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, क्व्होलासोथर गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका अलैँची जोन क्षेत्र रहेका छन् ।

जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । कृषकहरु मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ७ : १९ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः